गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०६
Dho

नामिबियाविरुद्ध नेपाललाई तेस्रो, रोहितलाई दोस्रो सफलता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन १५, २०८०
नामिबियाविरुद्ध नेपाललाई तेस्रो, रोहितलाई दोस्रो सफलता

बाजुरा : त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । कप्तान रोहितकुमार पौडेलले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा जान फ्रिलिंकलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराए । १०.४ ओभरमा आउट हुनुअघि फ्रिलिंकले ७ बलमा मात्र ५ रन बनाए ।

उनी आउट हुँदा नामिबिया ६२ रनको स्थितिमा छ । यो रोहितको दोस्रो सफलता हो । यसअघि उनले ८.२ ओभरमा जेपी कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराएका थिए । यसअघि करण केसीले माइकल भान लिंगेनलाई २० रनमा आउट गरेका थिए ।

प्रतिक्रिया