गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२३
Dho

दिगो विकास लक्ष्य प्राप्तिका लागि गौमुलमा युवालाई तालिम

गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन १४, २०८०
दिगो विकास लक्ष्य प्राप्तिका लागि गौमुलमा युवालाई तालिम

बाजुरा : दिगो विकास लक्ष्य प्राप्तिका लागि बाजुराको गौमुल गाउँपालिकामा युवाहरुलाई तालिम दिन थालिएको छ । युवाको क्षमता विकाससंगै रोजगारमूलक बनाउँने उद्देश्यसहित दिगो विकास लक्षित युवाहरुलाई तालिम दिन थालिएको हो ।

मानव शंसाधन केन्द्र एचआरसी बाजुराको आयोजना र टिडीएच जर्मनीको आर्थिक सहयोग तथा गौमुल गाउँपालिकाको सहजीकरणमा तालिम पालिकाको केन्द्र घट्मुनामा सञ्चालन गरिएको हो । २ दिनसम्म चल्ने तालिममा वडा नं.६ र ४ का गरी २८ जना युवाहरु सहभागि छन् ।

दिगो विकासका १७ वटा लक्ष्यलाई समेटेर तालिम सञ्चालन गरिएको एचआरसी बाजुराका परियोजना संयोजक गंगाराम तिमिल्सेनाले बताएका छन् । युवालाई गाउँमै रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउँन र विभिन्न व्यवसायीतिर आकर्षण गर्ने तालिमको लक्ष्य रहेको उनले बताए । 

उद्यमशीलता नै आर्थिक समृद्धिको मूलधार भएकाले आत्मनिर्भरसहीत अर्थतन्त्रको विकाससंगै आयआर्जन बढाउन र उद्यमशीलता तर्फ आकर्षण गराउँन युवाहरुका लागि २ दिने तालिम सञ्चालन गरिएको एचआरसी बाजुराका अध्यक्ष निरबहादुर शाहीले बताएका छन् ।  

आइतबार एक औपचारिक कार्यक्रमकाबीच गौमुल गाउँपालिका कार्यवाहक अध्यक्ष राजेन्द्रा (विष्ट) रोकायाले तालिमको उद्घाटन गर्नुभएको थियो । वडा नं.६ का कार्यवाहक वडाध्यक्ष कलक चदाँराको अध्यक्षतामा सञ्चालन भएको तालिममा २ वटा वडाका युवा, युवतीहरुको सहभागिता रहेको छ ।       

कार्यक्रममा कार्यवाहक अध्यक्ष राजेन्द्रा (विष्ट) रोकायाले दिगो विकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहेकाले तालिममा क्षमता विकास हुने गरी शिक्षा लिन आग्रह गरेकी छन् । तालिम लिने तर कार्यान्वयन नगर्ने प्रवृत्ति धेरै भएको बताउँदै तालिमको सदुपयोग गनुपर्ने बताइन् ।    

त्यस्तै वडा नं.६ का कार्यवाहक अध्यक्ष कलक चदाँराले युवाहरुले सिर्जनशील हुनुपर्ने बताएका छन् । उद्यमशीलताले रोजगारी सिर्जना गर्नुको साथै आर्थिक वृद्धिमा समेत योगदान पुर्याउने भएकाले अबका युवाहरुले रचनात्मक कामहरुको थालनि गर्नुपर्ने र तालिम लिनेमा मात्रै सिमित नभई युवाले उद्यमशील हुन जरुरी रहेको बताए ।

चदाँराकै अध्यक्षतामा सञ्चालन भएको दिगो विकास लक्षित युवाहरुको तालिमको प्रमुख अतिथिमा गौमुल गाउँपालिकाका कार्यवाहक अध्यक्ष राजेन्द्रा (विष्ट) रोकाया रहनुभएको थियो । 

त्यसैगरी एचआरसी बाजुराका अध्यक्ष निरबहादुर शाही, परियोजना संयोजक गंगाराम तिमिल्सेना, रेडियो गौमुलका समाचार प्रमुख प्रमित विक लगायत अतिथिमा रहनुभएको थियो । भने कार्यक्रमको सञ्चालन एचआरसी बाजुराका सामाजिक परिचालक दिनेश सार्कीले गरेका थिए ।

प्रतिक्रिया