गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०६
Dho

डे ब्रुएना चम्केपछि म्यानचेष्टर डर्बीमा सिटीको शानदार जित

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन २३, २०७८
डे ब्रुएना चम्केपछि म्यानचेष्टर डर्बीमा सिटीको शानदार जित

केभिन डे ब्रुएना र रियाद माहरेजले दुई/दुई गोल गरेपछि प्रिमियर लिगअन्तर्गत म्यानचेष्टर डर्बीमा सिटीले युनाइटेडमाथि शानदार जित हात पारेको छ ।

घरेलु मैदानमा डे ब्रुएनाले दुई गोल गर्नुका साथै एक असिस्टसमेत गरेपछि सिटीले युनाइटेडलाई ४-१ ले हरायो । 

यस जितपछि लिग लिडर सिटीले दोस्रो स्थानको लिभरपुलमाथि ६ अंकको अग्रता बनाएको छ । २८ खेलबाट सिटीको ६९ अंक छ । एक खेल कम खेलेको लिभरपुलको ६३ अंक छ । हारपछि युनाइटेड २८ खेलबाट ४७ अंकसहित पाँचौं स्थानमा छ ।

एतिहाड स्टेडियममा भएको खेलमा डे ब्रुएनाले खेलको पाँचौ मिनेटमै बर्नार्डो शिल्भाको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर २२औं मिनेटमा जाडोन सान्चोले पउल पोग्बाको पासमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । 

त्यसपछि भने सिटीले युनाइटेडमाथि दबाब बनाउँदै तीन गोल थप्यो । डे ब्रुएनाले २८औं मिनेटमा गोल गरेपछि सिटीले पहिलो हाफमै २-१ को अग्रता बनायो । ६८औं मिनेटमा डे ब्रुएनाकै पासमा माहारेजले गोल गरेपछि सिटीले ३-१ को अग्रता बनायो । माहरेजले नै इन्जुरी टाइममा गोल गरेपछि सिटीले शानदार जित निकालेको हो ।

आइतबारै भएको खेलमा वाटफोर्डलाई ३-२ ले पराजित गर्दै आर्सनल चौथो स्थानमा उक्लेको छ । आर्सनलको २५ खेलबाट ४८ अंक छ ।

प्रतिक्रिया