गाैमुल खबर डटकम बुधबार ३०, बैशाख २०८३ ०३:०३

बाजुरा जिल्ला खेलकुद समितिको अध्यक्षमा कोपिला सिंह नियुक्त

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख ०३, २०८३
बाजुरा जिल्ला खेलकुद समितिको अध्यक्षमा कोपिला सिंह नियुक्त

बाजुरा ः बाजुरा जिल्ला खेलकुद समितिको अध्यक्षमा कोपिला सिंह नियुक्त भएकी छन्। सामाजिक विकास मन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले सिंहलाई उक्त जिम्मेवारीमा मनोनयन गरेको हो।

जगन्नाथ गाउँपालिका-३ निवासी सिंह नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत हुन्। उनको नियुक्तिसँगै बाजुरामा खेलकुद क्षेत्रको विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।

प्रदेश खेलकुद परिषद्ले बाजुरा सहित सुदूरपश्चिम प्रदेशका सात जिल्लामा जिल्ला खेलकुद समिति अध्यक्ष मनोनयन गरेको जनाएको छ। परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार कैलालीमा दिनेश भण्डारी, कञ्चनपुरमा ज्ञानेन्द्र सिंह, बैतडीमा भूपेन्द्र चन्द, अछाममा गोकुलबहादुर शाह, बझाङमा कमलबहादुर सिंह र डडेल्धुरामा जगतबहादुर ऐर अध्यक्षमा नियुक्त भएका छन्।

मनोनयन गरिएका अध्यक्षहरूको कार्यकाल चार वर्षको रहने परिषद्ले जनाएको छ। यसअघि मनोनयन भइसकेका डोटी र दार्चुलाका अध्यक्षहरूको कार्यकाल भने अझै बाँकी रहेको छ।

प्रतिक्रिया