गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ००:१४

बेङ्गलोरमा दुर्घटना परी घाइते भएका कोटका मदन बुढाको उपचारकै क्रममा मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन १३, २०८०
बेङ्गलोरमा दुर्घटना परी घाइते भएका कोटका मदन बुढाको उपचारकै क्रममा मृत्यु

बाजुरा : भारतको बेङ्गलोर शहरमा सवारीको ठक्करबाट घाइते भएका मदन बुढाको उपचारकै क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते बुढाको उपचारकै क्रममा दुई सातापछि मृत्यु भएको हो । 

गौमुल गाउँपालिका–५ कोट स्थायी घर भएका बुढा आफन्त बस्ने ठाउँमा भेटघाट र घुमफिरका लागि भारतको बेङ्गलोर पुगेका थिए । सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा बुढा घाइते भएका हुन् ।

उनको टाउँकोमा गम्भीर चोट लागेको थियो । भारतको बेङ्गलोर शहरमा रहेको नरमंगला केयर एसीयन अस्पतालमा बुढाको उपचारकै क्रममा मृत्यु भएको आफन्त टीका बुढाले बताएका छन् । टाउँकोमा गम्भीर चोट लागेकोले बुढाको आइसीयुमै उपचार भइरहेको थियो ।

लामो समय सम्म होस् समेत नखुलेरै चिकित्सकले उपचार गरिरहेका थिए । टाउँको नै दुई फ्याक हुने गरी गम्भीर चोट लागेका बुढालाई मँहगो खर्च गरेर पनि आफन्तले बचाउन सकेन् ।

बुढाको उपचारका लागि मात्रै आफन्तले दैनिक १ देखि डेढ लाख भारु रुपैया तिर्ने गरेका थिए । आफन्त, देखि सबैसंग सरसापट र सहयोग अपिलबाट पनि रकम संकलन हुनेक्रम बढीरहेको थियो । तर बेहोस अवस्थामै बुढाले उपचारकै क्रममा अस्पतलामै प्राण त्यागेका हुन् । 

प्रतिक्रिया