गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३५
Dho

बाजुरामा १६ गतेदेखि स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन ११, २०८०
बाजुरामा १६ गतेदेखि स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने

बाजुरा : बाजुराका ९ मध्ये ४ वटा स्थानीय तहमा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना, नेपाल परिवार नियोजन संघ शाखा कार्यालय धनगढी कैलालीको प्राविधिक सहयोग तथा स्थानीय तहको सहकार्यमा परिवार नियोजन शिविर सञ्चालन हुने भएको हो ।

सन्तानको रहर पुगेका महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुका लागि भ्यासेक्टामि शिविर फागुन १६ गतेदेखि २० गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

९ स्थानीय तह रहेको बाजुरा जिल्लामा फागुन १६ गते बुढीगंगा नगरपालिकाको टाटे स्वास्थ्य चौकी, १७ गते गौमुल गाउँपालिकाको घट्मुना आधारभूत अस्पताल हुने भएको छ । 

त्यस्तै १९ गते बुढीनन्दा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र २० गते स्वामीकार्तिक खापर गाउँपालिकाको सप्पाटा स्वास्थ्य चौकी बर्कुमा शिविर सञ्चालन गरिने जनाएको छ ।

महिलाहरुले बन्ध्याकरण गर्न आउँदा खाली पेट र साथामा सहयोगी लिएर आउनेपर्ने छ । भने केही जान्न मन लागेका व्यक्तिहरुले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न जिल्ला स्वास्थ्य कार्यालय बाजुराले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया