गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५२
Dho

बाजुराका १३ हजार ९ सय ४२ बालबालिकालाई दादुराको खोप लगाइँदै

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन ११, २०८०
बाजुराका १३ हजार ९ सय ४२ बालबालिकालाई दादुराको खोप लगाइँदै

बाजुरा : दादुरो रुवेला विरुद्धको खोप अभियानमा बाजुराका १३ हजार ८ सय ४२ जना बालबालिकालाई खोप लगाइने भएको छ । दादुरा रुवेलाविरुद्धको खोप अभियान १३ गतेदेखि १५ गते तीनसम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय बाजुरा प्रमुख महेश चन्दले बताएका छन् ।

अभियान प्रत्येक चार वर्षको अवधीमा चल्ने गरेको उनले बताए । ९ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने भएको हो । 

प्रत्येक घरमै पुगेर निमन्त्रणा कार्ड नै दिएर खोप सेवामा सहभागि हुन स्वास्थ्य कर्मीले आमन्त्रण गर्ने र तीन दिनसम्म तोकिएको स्थान र नभए सम्बन्धी घरमै पुगेर पनि खोप लगाउने तयारी स्वास्थ्य कार्यालय बाजुराले गरेको छ । 

खोप अभियानका लागि १ सय ६५ वटा खोप केन्द्र कायम ग।िएका छन् भने १ सय ६५ जना नै स्वास्थ्यकर्मी र २ सय ३० जना स्वयमसेवक परिचालन गरिनेछन् । 

यस अघिको अभियानमा ९७ प्रतिशत बढी बालबालिकाले खोेप सेवा पाएकोमा यो पटक त्यसलाई समेत बढाउने र सत प्रतिशत लक्ष्य हासिल गर्ने गरि सबै प्रकारको तयारी गरिएको स्वास्थ्य कार्यालय प्रमुख महेश चन्द्रले बताएका छन् ।

खोप सेवा लिने बालबालिकाको संख्या सबैभन्दा बढी बुढीगंगा नगरपालिका २ हजार १२ जना, त्रिवेणी नगरपालिका २ हजार १० जना, खप्तड छेडेदह गाउँपालिका २ हजार ९ जना रहेका छन् । 

यस्तै बुढीनन्दा नगरपालिका १ हजार ९ सय ३६ जना, बडीमालिका नगरपालिका १ हजार ५ सय ९९ जना, स्वामिकात्र्तिक खापर गाउँपालिका १ हजार ३ सय ७१ जना खोप पाउने बालबालिकाको संख्या छ । यसैगरी जगन्नाथ गाउँपालिकामा १ हजार ५४ जना, १ हजार ३१ जना र गौमुलमा ९ सय २० जना बालबालिकाले खोप सेवा पाउने भएका छन् । 

प्रतिक्रिया