गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५४
Dho

बुढीनन्दाले गर्यो रनिङ शिल्डका पदक विजेता खेलाडीलाई सम्मान

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन ०८, २०८०
बुढीनन्दाले गर्यो रनिङ शिल्डका पदक विजेता खेलाडीलाई सम्मान

बाजुरा : बुढीनन्दा नगरपालिकाले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गरेको छ । 

नगरपालिकाको नगरसभाको निर्णय अनुसार पालिकाबाट सहभागि भएका खेलाडीहरुलाई स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगदसहित सम्मान गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।  

खेल क्षेत्रको विकास र खेलाडीलाई हौसला दिने गरी पदक विजेतालाई नगद सहीत सम्मान गरिएको उनले बताए । पालिकाबाट छनौट भएर जिल्ला स्तरीय शिल्डमा सहभागि भएका स्वर्ण पद विजेतालाई १० हजार र रजत पदक विजेता खेलाडीलाई जनही ५ हजारले सम्मान गरिएको नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले जानकारी दिएका छन् । 

यस वर्षको शिल्ड बढीनन्दाले उचालेकाेमा खुशी व्यक्त गर्दै आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिन र खेलाडीहरु प्रोत्साहन गर्ने गरी नगद सहीत सम्मान गरिएको उनले बताए ।

१३ वर्षदेखि विजेता बन्दै आएको बडीमालिका नगरपालिकालाई ब्रेक लगाउँदै शिल्ड जित्न सफल भएको थियो । भने बडीमालिकाले उपविजेतामा चित्त बुझाएको थियो । बुढीनन्दाले १८ स्वर्ण र २१ रजतसहित प्रथम स्थान हात पार्दै शिल्ड उचालेको थियो ।  

त्यस्तै रनिङ शिल्डमा सह–आयोजक बुढीनन्दा नै भएकोले खेल खवधी भर मर्यादित, शान्त, सभ्य र भव्य रुपमा सम्पन्न गर्न व्यवस्थापकीय समिति, खेल प्रशिक्षक, कर्मचारी, खेलाडी र खेल व्यवस्थापकहरुले जिम्मेवारीका साथ सफल पारेको भन्दै पालिकाले धन्यवाद समेत  गरेको छ ।

प्रतिक्रिया