गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१६
Dho

सेभेन ‘ए’ साईड फुटबल प्रतियोगितामा रानीवनलाई हराउँदै क्रेटीभ युथ क्लव बन्याे विजेता

गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन ०६, २०८०
सेभेन ‘ए’ साईड फुटबल प्रतियोगितामा रानीवनलाई हराउँदै क्रेटीभ युथ क्लव बन्याे विजेता

बाजुरा : गौमुल गाउपालिकामा संञ्चालन भएको फुटबल प्रतियोगितामा क्रेटीभ युथ क्लव आयोजक टिम बिजेता बनेको छ । फाईनलमा पुगेको आयोजक टिमले उपबिजेता रानिवन स्पोर्ट क्लब २–१ को गोल अन्तरले हराउदै बिजेता बन्न सफल भएको हो । 

सहभागी ८ वटा टिम मध्येबाट क्रेटीभ युथ क्लव बिजेता र रानिवन स्पोर्ट क्लव उपबिजेता बनेको रेफ्री सुवास रोकायाले जानकारि दिएको छ । प्रतियोगितामा ८ वटा टिम सहभागि रहेका थिए । जसमध्ये रानिबन लेजेन्ट, क्रेटिभ युथ क्लव आयोजक थापाकाजी टिम र रानिवन युथ क्लवको टिम सेमिफाईनलमा प्रवेस गरेका थिए ।

शनिबार भएको खेलमा आयोजक टिमले रानिवन लेजेन्टलाई २–० गोलको अन्तरले हराउँदै आयोजक टिम फाईनलमा प्रवेश गरको हो । भने रानिवन स्पोर्ट क्लव पनि थापाकाजी टिमलाई २–० गोलको अन्तरले हराउँदै फाईनलको यात्रा तय गेरेको थियो । 

रानीवन युथ क्लव जिल्लामा सि डिभिजनको मान्यता प्राप्त क्लव हो । यसअघि जिल्लाभित्र वा जिल्ला बाहिर हुने प्रतियोगितामा बिजेताको उपाधि उचाल्ने रानिवन यतिखेर भने उपबिजेतामा चित्त बुझाएको छ । रानिवन युथ क्लव जिल्ला स्तरदेखि राष्ट्रिय, अन्तराष्ट्रिय स्तर सम्मका खेलाडी उत्पादन गर्ने क्लव हो । 

जिल्ला स्तरमा आयोजना हुने ठुला रासीका प्रतियोगितामा समेत उपबिजेता सम्म हुने क्रियटिभ युथ क्लवले आÏनै घरेलु मैदानमा आयोजना भएको सेवन ए साईड फुटवल प्रतियोगितामा बिजेताको उपाथि उचाल्न पाउदा खुशि लागेको क्लवका टिम क्याप्टन मिन रोकायाले बताएका छन् । 

No description available.प्रतियोगितामा बिजेता टिमलाई प्रमाणपत्र, कप र खशी पुरस्कार प्रदान गरिएको छ भने उप बिजेता टिमलाई प्रमाणपत्र सहीत नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै खेलमा उत्कृष्ट पुरस्कार रानिवन स्पोर्ट क्लवका सन्तोष नेपालीले पाएका छन् । भने बेष्ट किप्परको उपाधी क्रेटिभ युथ क्लवका खेलाडी खगेन्द्र रोकायाले पाएका छन् । सार्वाधिक गोल कर्ताको उपाधी रानिवनका खेलाडी राजु विक पाएको आयोजकले जनाएको छ । 

प्रतियोगिता आज एक औपचारिक कार्यक्रमका बिच सम्पन भएको हो । समापन कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष जीवन कुमार रोकायाले गरेका थिए । भने प्रमुख अतिथिमा गौमुल गाउपालिका कार्यवाहक अध्यक्ष कलक बहादुर सिंह रहेका थिए । 

बिशिष्ट अतिथिमा गौमुल गाउपालिका प्रमुख प्रशासकीय अधिकृत जगदिस प्रसाद भट्ट रहेका थिए । पालिकाका इन्जिनियर धर्मबहादुर कठायत, स्वास्थ्य शाखा प्रमुख हरिश चन्द्र विक रानिवन युथ क्लवका अध्यक्ष धुर्व रोकाया अतिथि रहनुभएको थियो । 

समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष कलक बहादुर सिंहले खेलाडीले अनुशासित भएर आÏनो खेल प्रर्दशन गरेकोमा खेलाडीलाई धन्यवाद दिंदै आगामी दिनमा खेल क्षेत्रको बिकास गर्न पालिका सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

घरेलु मैदानमा आयोजनक टिम विजेता भएकोमा खुशी व्यक्त गदै जिल्ल्ला स्तरमा हुने खेलमा समेत विजेता हुने गरी खेलको विकास गर्न वडा नं.५ का वडाध्यक्ष समेत रहेका सिंहले आग्रह गरेका छन् । त्यस्तै खेल समापन सामारोह कार्यक्रम समापन गर्दै क्लवका अध्यक्ष जीवन कुमार रोकायाले गाउँपालिकाको केन्द्र घट्मुनामा जिल्ला स्तरकै ठुला खेलहरु हुने खालको खेलमैदान निर्माण गनुपर्ने बताएका छन् । 

कार्यक्रममा खेल आयोजना गर्न आर्थिक भौतिक र सामाजिक हिसाबले सहयोग गर्ने सम्पूर्ण निकाय र ब्यक्तिहरुलाई धन्यवाद समेत दिएका छन् । 

प्रतिक्रिया