गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:११
Dho

मेक्सिकोको फुटबल लिगमा हिंसात्मक झडप

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन २३, २०७८
मेक्सिकोको फुटबल लिगमा हिंसात्मक झडप

 मेक्सिकोको घरेलु फुटबल लिग लिगा एमएक्स अन्तर्गत क्वेरेटारो र एटलासबीचको खेलका क्रममा समर्थकबीच रक्तपातपूर्ण झडप भएको छ । दोस्रो हाफमा एटलासले अग्रता लिइरहेको समयमा घरेलु टोली क्वेरेटारोका समर्थक मैदानमै प्रवेश गरेपछि दुई समर्थकबीच हानाहानको अवस्था बनेको हो ।

लिगा एमएक्सले यो खेल रद्ध गर्ने निर्णय गरेको छ । यो घटनाबारे धरै कोणबाट अपुष्ट र विरोधाभास सूचनाहरू सार्वननिक भइरहेका छन् । झडपमा सहभागी हुल्याहा समूहका अनुसार घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सयौंको संख्यामा गम्भीर घाइते छन् । दर्शकको संवेदनशीलतालाई सम्मन नगरी घटनाको तस्वीर र भिडियो सार्वजनिक गरिएकोमा स्थानीय पत्रकारहरूको आलोचना भइरहेको छ । 

घटनाको क्रममा खिचिएको तस्वीर र भिडियो हेर्दा के प्रष्ट हुन्छ भने समूहगत रुपमा भएको झडपमा थुप्रै मानिस हताहत भएका छन् । तर, लिगा एमएक्स र क्वेरेटारो एफसीले घटनामा कसैको पनि निधन नभएको दावी गरेको छ ।

तर, आलोचकका अनुसार उनीहरू घटनाको सत्यतथ्य पहिल्याउन असफल छन् कि त वास्तविकता बाहिर ल्याउन चाहँदैनन् ।

प्रतिक्रिया