गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०७
Dho

स्वामीकार्तिक खापर गाउँपालिकामा मदिरा व्यवस्थापनको नीति

कुल बजेटको अहिलेसम्म २७ दशमलव ७६ प्रतिशत बजेट खर्च
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन ०५, २०८०
स्वामीकार्तिक खापर गाउँपालिकामा मदिरा व्यवस्थापनको नीति

बाजुरा ः स्वामीकार्तिक खापर गाउँपालिकाले मदिरा व्यवस्थापनको नीति लिएको छ । यसअघि गाउँ सभाले बन्द गरेको मदिरा नियन्त्रण कार्यविधि संशोधन गरेर खुला गर्ने मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि पास गरेको छ । बढ्दो मदिरा सेवनले गाउँमा झै झगडा बढेको र आपसी द्धन्द्ध सिर्जना हुने अवस्था आउन नदिन मदिरा व्यवस्थित गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् । 

मदिरा व्यवस्थापनको निर्णयसँगै स्थानीय महिलाहरु खुसी भएका छन् । मदिरा व्यवस्थापन गर्ने गरिएको निर्णयले मा आपसी विवाद र झगडाका घटनाहरु पनि कम आउने विश्वास पालिकाले लिएको छ । स्वामीकार्तिक खापर गाउँपालिकामा ६ वटा वडा रहेका छन् । सबै वडामा मदिरा सेवन गर्नेलाई मदिरा सेवन कार्ड वा गोप्य फारममा भरेर मात्र पिउन पाउने र आफू खुसी गाउँपालिकाको निर्णय बेगर मदिरा सेवन गरे कानुनी कारबाही गरिने भएको छ ।

गाउँमा उत्पादन गरिने घरेलु मदिरा पूर्ण रुपमा प्रतिवन्द गरिएको छ । युवामा बढ्दो दुव्र्यसनी र पारिवारीक रुपमा हुने आर्थिक नोक्सानीलाई ध्यानमा राखेर उक्त नीति अघि सारिएको अध्यक्ष रोकायाले बताएका छन् । गाउँपालिकाको केन्द्र सुईजिउलामा एउटा पालिकाले मदिरा पसल व्यवस्थापन गरेर सोही पसलबाट सबै वडा र गाउँमा मदिराका आधिकारिक विक्रेताले विक्रीका लागि लिने भएका छन् ।

कार्यविधिमा १ सय ८० एम.एल. प्रतिव्यक्तिले पिउने गरी मदिरा व्यापारीले राति ६ बजेबाट ९ बजेसम्म मात्र विक्री गर्न पाउने नीति बनाईएको छ । गाउँपालिकाको दोस्रो  गाउँसभा तथा १३ औं  हिउँदे अधिवेशनबाट ६ वटा कार्यविधि र नीति पास गर्दै सम्पन्न भएको छ । गाउँपालिका भित्रका सार्वजनिक जग्गा प्राप्त गर्न जग्गाको मूल्य तथा मुआब्जा निर्धारण कार्यविधि २०८०, यौनजन्य दुव्र्यवहार निवारण आचार सहिता विधेयक २०८०, स्वरोजगार कार्यविधि २०८०, समुदायिक अध्ययन केन्द्र सञ्चालन कार्यविधि २०८०, उर्जा योजना कार्यविधि २०८० पारित भएको छ ।

यस्तै गाउँसभाले गाउँपालिका उपाध्यक्ष मैना जोशीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । गाउँपालिकाले पछिल्लो सभामा पारित गर्ने गरी बालविवाह न्युनिकरण तथा रोकथाम कार्यविधि र परम्परागत रुपमा हुने विवाह कार्यविधि ल्याउने तयारीका साथ छलफल गरिएकोे छ । गाउँपालिकाले आ.व. ०८०÷८१ मा २ लाख १ हजार ६ सय ६५ रुपैयाँ करबाट आम्दानी गरेको जनाएको ५ । यस वर्षको कुल बजेटको अहिलेसम्म २७ दशमलव ७६ प्रतिशत बजेट खर्च भएको जनाएको छ ।
    


 

प्रतिक्रिया