गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१०
Dho

राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्ने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन २३, २०७८
राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्ने

राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार नेपाली महिला फुटबलको शीर्ष श्रेणीको लिगको खेल तालिका सार्वजनिक गरेको हो । जसअनुसार चैत १० गते साबिक विजेता एपीएफ र साबिक उपविजेता आर्मीबीच उद्घाटन खेलमा प्रतिस्पर्धा हुनेछ । खेल चितवनको भरतपुरमा हुनेछ । 

पहिलो दिन हुने अर्को खेलमा वालिङ नगरपालिका र धनगढी उपमहानगरपालिकाबीच प्रतिष्पर्धा हुनेछ । एन्फाले यसअघि नै लिग सञ्चालनका लागि भरतपुर महानगरपालिका र विराटनगर महानगरपालिकासँग सम्झौता गरिसकेको छ । 

लिगको पहिलो चरणका खेलहरू चितवनमा हुन‍ेछ भने दोस्रो चरणका खेलहरू विराटनगरमा हुनेछ । लिगमा कूल ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया