गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१२
Dho

बुढीगंगाले वन रक्षक र सेना प्रहरीका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने

मापदण्डभित्र पर्ने व्यक्तिलाई ७ दिनमा प्रशिक्षण केन्द्रमा आवेदन पेश गर्न अनुरोध
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन ०२, २०८०
बुढीगंगाले वन रक्षक र सेना प्रहरीका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने

बाजुरा : बुढीगंगा नगरपालिकाले दक्षतामा विकास गरी रोजगारी सिर्जना गर्न निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिकाभित्र मानवीय श्रोतको विकास तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।

बुढीगंगा नगरपालिका सिप विकास, प्रशिक्षण केन्द्र सञ्चालन तथा व्यवस्थापन ऐन २०७९ अन्र्तगत वन रक्षक र सेना प्रहरीका लागि निःशुलक तयारी कक्षा सञ्चालन गर्न लागिएको बुढीगंगा सिप विकास तथा प्रशिक्षण केन्द्रका कार्यकारी अधिकृत महेशराज जैशीले बताएका छन् ।

नगरपालिकाले एक सूचना जारी गर्दै सूचना जारी भएकाे सात दिनभित्र आवेदन पेश गर्न भनेको छ । वन रक्षक र सेना प्रहरीमा लिईने लिखित, मौखिक तथा अन्य प्रगोगात्मक  परीक्षामा सफल गराउँने उदेश्य सहीत दक्ष अनुभवी प्रशिक्षक मार्फत निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् । 

बेरोजगारीको संख्या घटाई रोजगारीमुलक पालिका बनाउँने लक्ष्य सहीत बुढीगंगा सिप विकास तथा प्रशिक्षण केन्द्र स्थापन गरी व्यवस्थापन ऐन २०७९ अन्र्तगत उक्त कार्यक्रम अगाडी बढाएको उपप्रमुख माया (खड्का) कुवँरले बताएकी छन् ।

नगरपालिका भित्रका इच्छुक नेपाल सरकारको मापदण्डभित्र पर्ने व्यक्तिहरुले ७ दिन भित्र आवश्यक कागजात सहीत आवेदन पेश गर्न आव्हान गरेका छ । वन रक्षक र सेना प्रहरी तयारी कक्षा ४५ दिन सम्म सञ्चालन गरिने भएको छ । 

आवेदकले नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिकक योग्यताका प्रमाण, पासपोर्ट साइजको फोटो र वडा कार्यालयको सिरफारिस सहीत आवेदन पेश गर्न भनेको छ । मेरो सिप मेरो रोजगारीको आधार, भन्ने नारालाई आत्मसाथ गर्दै पालिका भित्र रोजगारी सिर्जना गर्ने कार्यक्रम अगाडी बढाउँदै गएको नगर उप्रमुख कुवँरले बताएकी छन् । 

May be an image of text

 

प्रतिक्रिया