गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०५
Dho

गौमुल गाउँपालिका अम्लिसमा भूकम्पले चर्किएको एक घर भत्कियो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन ०१, २०८०
गौमुल गाउँपालिका अम्लिसमा भूकम्पले चर्किएको एक घर भत्कियो

बाजुरा ः गौमुल गाउँपालिका-१ अम्लिसको थाप्ला गाउँमा एक घर भत्किएको छ । सोमबार राति एक्कासी सोही वडाकी जौकला रोकायाको जस्तापाताले छाएको दुई तले घर भत्किएको हो । 

घर भत्किदा अन्नपात, लत्तापात, भाँडाकुडा सहित पशु चौपायमा क्षति भएको कार्यपालिका सदस्य मैना चदाँराले बताएकी छन् । सबै घरपरिवार जाँदो माघी मनाउन अर्को गाउँमा गएका बेला घर भत्किएपछि मानवीय क्षति भने नभएको हो । 

सुदूरपश्चिमको बाजुरा लगायतका अन्य जिल्लाहरुमा पुस महिनाको अन्तिम दिनको बेलुका जाँदो माघी मनाउने प्रचलन रहेको छ । भूकम्पले चर्किएको घर भत्किँदा एक भैँसी मरेको छ । भने अन्य पशुचौपायलाई चोटपटक लागेको बताईएको छ ।

भत्किएको घर यस भन्दाअघि भूकम्पले चर्किएको थियो । घरमा रहेका सबै सामाग्री च्यापिएका छन् । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय गौमुलमा खबर गरेको र प्रहरीले घटना विवरण लिएमा एकिन क्षतिको विवरण आउने भएको छ ।

प्रतिक्रिया