गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:४५
Dho

खप्तड छेडेदहले गर्यो रनिङ शिल्डका पदक विजेता खेलाडीलाई सम्मान

गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ २९, २०८०
खप्तड छेडेदहले गर्यो रनिङ शिल्डका पदक विजेता खेलाडीलाई सम्मान

बाजुरा : खप्तड छेडेदहले राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । कोल्टीमा सम्पन्न १४ औं राष्ट्रपति रनिङ शिल्डमा पालिकाका तर्फबाट सहभागि मध्येबाट पदक विजेता खेलाडीलाई पालिकाले नगद सहीत सम्मान गरेको हो । 

औपचारिक कार्यक्रमका बीच खेलाडीलाई पालिका अध्यक्ष दीलबहादुर रावत, उपाध्यक्ष बिशुदेवी नाथ, प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्याय सहीतले सम्मान र बधाई ज्ञापन गरेको पालिकामा कार्यरत कर्मचारी रमेश बहादुर ओलीले जानकारी दिएका छन् ।

खप्तड छेडेदहले यो शिल्डमा ८ स्वर्ण, १४ रजत र ४ कास्य गरि २६ पदक हात पारेको थियो । भने सहभागि नौ वटा पालिका मध्ये तृतीय स्थान ल्याउन सफल भएको थियो । साथै पालिकाले अनुशासन विधामा समेत उपाधी जितेको थियो । 

पालिकाले तीन वटा विधामा स्वर्ण जित्न सफल सिर्जना कुमारी बुढाथोकीलाई उत्कृष्ट खेलाडी सम्मान स्वरुप नगर ४ हजार सहीत सम्मान गरेको छ । पालिकाले मार्सलार्ट तर्फ मुख्य प्रशिक्षक नरेन्द्र ओली र एथ्लेष्टीक तर्फको मुख्य प्रशिक्षक रामबहादुर रावत सहीतका शिक्षकहरुलाई पनि पालिकाले सम्मान गरेको छ । 

यस्तै एकल विधामा गोल्ड पाउनेलाई ३ हजार नगद, रजत पाउनेलाई २ हजार र काश्य पाउनेलाई १ हजार नगद सहीत सम्मान गरेको हो । यस्तै सामुहीक विधामा स्वर्ण पाउनेलाई प्रतिव्यक्ति १ हजार ५ सय र रजत काश्य पाउनेलाई एक हजार नगद सहीत सम्मान गरिएको छ । 

प्रतिक्रिया