गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२६
Dho

‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’ बालगायक सुप्रिम मल्ललाई प्रदान

गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ २८, २०८०
‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’ बालगायक सुप्रिम मल्ललाई प्रदान

काठमाडौं : सानै उमेरदेखि गायन क्षेत्रमा प्रसिद्धि कमाएका बालगायक सुप्रिम मल्ल ठकुरीलाई प्रतिष्ठित ‘सरुभक्त राष्ट्रिय बाल प्रतिभा पुरस्कार-२०८०’ प्रदान गरिएको छ ।

पोखरामा आयोजित समारोहमा ठकुरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ५० हजार रूपैयाँ छ । शिक्षाविद् जर्ज जोन र सरुभक्त श्रेष्ठले सुप्रिमलाई पुरस्कार प्रदान गरे ।

११ वर्षको उमेरमै बालगायक ठकुरीको प्रसिद्धि लोभलाग्दो छ । लाइभ दोहोरीदेखि रेकर्डिङमा समेत उनको सक्रियता देखिन्छ । उनलाई सामाजिक सञ्जालमा पछ्याउने र रुचाउने दर्शक पनि प्रशस्तै छन् ।

प्रतिक्रिया