गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३८
Dho

नेकपा एमाले बाजुराको अध्यक्षमा थापा र सचिवमा विकलाई जिम्मेवारी

गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ २८, २०८०
नेकपा एमाले बाजुराको अध्यक्षमा थापा र सचिवमा विकलाई जिम्मेवारी

बाजुरा : नेकपा एमाले बाजुरा जिल्ला कमिटीको रिक्त रहेको पद पुर्ति गरिएको छ । आज बसेको कमिटीको १० औं पूर्ण बैठकबाट पार्टीको अधिवेशन सम्म नेतृत्व गर्ने गरी अध्यक्ष र उपाध्यक्षको जिम्मेवारी तोकिएसंगै पदपुर्ति भएको हो । 

बैठकले अध्यक्षमा भरत बहादुर थापा, उपाध्यक्षमा जनक बोहरा र सचिवमा काशी विकलाई जिम्मेवारी दिएको छ । भने उपसचिवमा हरीबहादुर रोकाया नै रहेका छन् । 

निर्वतमान अध्यक्ष काली बहादुर शाहीको अध्यक्षतमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्री सदस्य एवं अछाम जिल्ला ईन्चार्ज लालबहादुर थापा  र बाजुरा जिल्ला ईन्चार्ज भैरवबहादुर सिंह लगायतका नेताहरुको उपस्थितिमा बैठकमा समझदारीका साथ जिम्मेवारी तोएिको हो ।

पार्टी जिल्ला कमिटीले माघ २६ गते मिति तोकेर कोल्टीमा गर्ने भनिएको अधिवेशन जिम्मेवारीका विषयमा कुरा नमिलेपछि स्थगित भएको थियो । सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा आज बसेको पूर्ण बैठकले जिम्मेवारी सहीत जिल्ला अधिवेशनको मिति समेत तोकेको छ । पार्टीको जिल्ला अधिवेशन चैत्र १६ र १७ गते गर्ने निर्णय गरेको छ । 

May be an image of 4 people and people studyingपार्टी अध्यक्ष कालीबहादुर शाही प्रदेश उपाध्यक्ष र उपाध्यक्ष भरत बहादुर बुढा प्रदेश सदस्यमा निर्वाचित भएपछि जिल्लाको कसले पार्टी जिल्ला अधिवेशन गारउने भन्नेमा मत बाझिएको थियो ।

समझदारीमा अधिवेशन हालकै अध्यक्षको अध्यक्षतामा गर्ने सर्वसम्मत निर्णय विरुद्ध पार्टी सचिव भरत थापाले उजुरी गरेका थिए । उजुरीको सुनुवाईपछि त्यो बैठकको निर्णय मान्नय नहुने र अर्को बैठक बसेर जिम्मेवारी तोक्ने विषयमा प्रदेश कमिटीबाट पत्राचार भएको थियो । 

प्रदेश कमिटीले निवर्तमान अध्यक्ष कालीबहादुर शाहीकै अध्यक्षतामा बैठक बसेर नयाँ संयोजक तोक्ने वा जिम्मेवारी दिने गरी निर्णय गर्न पत्र जिल्ला कमिटीलाई पठाएको थियो । सोही पत्रका आधारमा आज बैठक बसेर जिम्मेवारी तोक्नुका साथै अधिवशेनको मिति तय गरिएको नेताहरुले बताएका छन् । 

एमालेको विधान अनुसार माथिल्लो कमिटीको पद बहालपछि तल्लो कमिटीको पद निश्क्रीय हुने प्रावधान छ । सोही विधान र प्रदेश कमिटीको पत्रका आधारमा पार्टीलाई थप बलियो र चलायमान बनाउन समझदारीमै जिम्मेवारी तोकिएको बताईएको छ । बैठमा आगामी चैत्त १६ र १७ गते हुने नवौं अधिवेशनको जिम्मेवारी बाँडफाँड र तयारीका विषयमा पनि छलफल भएको छ ।    

प्रतिक्रिया