गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५८
Dho

कञ्चनपुरमा मामाको छोरामाथि बञ्चरो हानेर एक जना फरार

गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ २८, २०८०
कञ्चनपुरमा मामाको छोरामाथि बञ्चरो हानेर एक जना फरार

कञ्चनपुरः कञ्चनपुरमा बञ्चरो हानेर एक जना फरार भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–९ मा आफ्नै मामाको छोरालाई बञ्चरो हानेर ४० वर्षीय रुद्रे भुल फरार भएका हुन्। शनिवार राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बञ्चरो प्रहार गरेर रुद्रे भुल फरार भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुडाऐरका अनुसार घाइते डम्मरको अवस्था गम्भीर रहेको छ। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। बञ्चरो प्रहार गर्ने भुलको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया