गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५१
Dho

वित्तिय जोखिम मूल्याङ्कनमा पनि बाजुराका ९ वटा स्थानीय तह मध्ये जगन्नाथ प्रथम

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ २५, २०८०
वित्तिय जोखिम मूल्याङ्कनमा पनि बाजुराका  ९ वटा स्थानीय तह मध्ये  जगन्नाथ  प्रथम

बाजुरा : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जस्तै बाजुराका नौ मध्ये जगन्नाथ गाउँपालिका वित्तिय जोखिम मूल्याङ्कनमा पनि पहिलो भएको छ । आठ पालिकालाई पछि पार्दै जगन्नाथ पहिलो भएको हो । 

स्थानीय तह वित्तिय जोखिम मूल्याङ्कन (एफआरए) मा पनि जगन्नाथले सबैभन्दा बढी ७९ अंक ल्याएर पहिलो भएको जिल्ला समन्वय समिति बाजुराले बताएको छ । जगन्नाथ पछि बुढीगंगा नगरपालिकाले ७२.५ अंक ल्याएर दोस्रो स्थान ल्याएको छ । सुशासनका सूचक पुरा गर्नेमा जगन्नाथ र बुढीगंगा अन्य पालिकाको तुलनामा अगाडि देखिएका छन् । 

लिजामा पनि बुढीगंगा नगरपालिका दोस्रो नै बनेको थियो । जगन्नाथ गाउँपालिका र बुढीगंगा नगरपालिका लिजाको प्रदेश स्तरीय मूल्याङ्कनमा पनि चौथौ र पाँचौ स्थान ल्याउन सफल भएका थिए । सुदूरपश्चिमका ८८ पालिका मध्ये जगन्नाथ चौथो र बुढीगंगा पाँचौ स्थान ल्याउने पालिका बनेका हुन् ।

वित्तिय जोखिम मूल्याङ्कनमा जगन्नाथ र बुढीगंगा पछि स्वामिकात्र्तिक खापर गाउँपालिकाले ६६ अंक ल्याएर तेस्रो स्थान ल्याएको छ । भने ६५.५ अंक ल्याएर त्रिवेणी नगरपालिका चौथो बन्न सफल भएको छ । 

हिमाली गाउँपालिकाले ६१.५ अंक, खप्तड छेडेदह गाउँपालिका ५८.५ अंक, गौमुल गाउँपालिकाले ५४.५ अंक ल्याएका छन् । बडीमालिका र बुढीनन्दाले भने समान ५०.५ अंक ल्याएका छन् । लिजा र वित्तिय जोखिम मूल्याङ्कन दुबैमा बुढीनन्दा नगरपालिका भने सबैभन्दा अन्तिममा देखिएको छ । 

May be an image of text

प्रतिक्रिया