गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२९
Dho

गौमुलमा जनप्रतिनिधी र प्रअबीच शैक्षिक बहस

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ २५, २०८०
गौमुलमा जनप्रतिनिधी र प्रअबीच शैक्षिक बहस

बाजुरा : गौमुल गाउँपालिकामा जनप्रतिनिधी र पालिकाभित्रका २३ वटै विद्यालयका प्रधानाध्यापक बिच शैक्षिक बहस गरिएको छ । गुणस्तरी शिक्षालाई थप सुधार गर्न सम्बन्धीत पक्षले खेल्नुपर्ने भूमिका र आगामीक दिनमा गर्नुपर्ने कामहरुको बारेमा छलफल तथा बहस भएको हो ।

बहसमा बालबालिकाको बौद्धिक क्षमताको विकास गर्न र शैक्षणिक क्रियाकलापलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गरी उपलब्धीमुलक बनाउँन पनि प्रअसंग छलफल गरिएको छ ।

गाउँपालिकाको आयोजनामा २३ वटै विद्यालयका प्रअ र पालिकामा शिक्षा क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरु गिफ्ट नेपाल, एचआरसी बाजुरा, सहास नेपाल, आईडीएस नेपाल, सेतो गुराउँस बाजुराका प्रमुख एवं प्रतिनिधीको उपस्थितिमा वृहत छलफल सहीतको संवाद गरिएको गाउँपालिका प्रवक्ता देवबहादुर रोकायाले बताएका छन् ।

गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाको अध्यक्षतामा ६ वटै वडाका वडाध्यक्ष वडा सदस्यहरुको उपस्थिमा सञ्चालन भएको बैठकमा महत्वपूर्ण निर्णय पनि भएका छन् । शैक्षिक क्षेत्रलाई विकास गर्न प्रअका सुझावसंगै प्रअले गर्नुपर्ने कामको बारेमा पनि त्रिपक्षीय छलफल भएको थियो ।

बैठकमा वार्षिक परीक्षा चैत १ गतेदेखि ९ गतेसम्म सञ्चालन गर्ने, पठपाठन नियमित सञ्चालन गर्ने, प्रत्येक विद्यालयका प्रधानाध्यापकले विद्यालयले गरेका हरेक क्रियाकलाप सहीतको मासिक प्रतिवेदन पालिकामा बुझाउने, बालबालिकालाई नियमित जुकाँकाे औषधी खुवाउँने र जुकाँको औषधी खानबाट बञ्चित नगराउँन बालबालिका लागि औषधी कार्डको व्यवस्थापन गर्ने, शैक्षिक क्यालेण्डर प्रकाशन गरी विद्यालयलाई दिने निर्णय गरिएको छ । 

त्यस्तै वैशाख १ गतेदेखि १५ गतेसम्म पहिलो चरण र १६ गतेदेखि ३० गतेसम्म दोस्रो चरणको भर्ना अभियान सञ्चालन गर्ने, विद्यालय बाहिर रहेका सम्पूर्ण विद्यार्थीलाई विद्यालयको पहुँचमा ल्याउने अभियान थाल्ने लगायतका निर्णय भएको गाउँपालिका प्रवक्ता रोकायाले बताएका छन् ।

बैठकमा गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले शिक्षण सिकाईलाई प्रभावकारी, उपलब्धीमुलक र विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्न उनीहरुको रुचि अनुसारका क्रियाकलाप गर्नुपर्ने बताएका छन् । 

अध्यक्ष रोकायाले अब बालबालिकाका रुचिहरु संकलन गरी सोहीअनुसारका गतिविधी सञ्चालन गर्ने बताएका छन् । पढाई सहीत चौतर्फीक ज्ञान, सीपको विकास गर्न बालबालिकाले रुचि राख्ने शिक्षण शिकाई र खेल क्षेत्रका क्रियाकलाप अतिआवश्यक रहेकाले उनीहरुका भावना र रुचि अनुसारका गतिविधी सञ्चालन गर्ने निर्णय अगाढी बढाएको उनले बताएका छन् । 

गाउँपालिकाको सभाहलमा अध्यक्ष रोकायाकै अध्यक्षतमा सञ्चालन भएको बैठकमा गाउँपालिका प्रवक्ता एवं २ का वडाध्यक्ष देवबहादुर रोकाया, १ का वडाध्यक्ष देवेन्द्र बहादुर रोकाया, ४ का वडाध्यक्ष अमर विक, ६ का वडाध्यक्ष प्रकाश बहादुर रोकाया, गाउँपालिकाका २३ वटै विद्यालयका प्रधानाध्यापक, गैरसरकारी संस्थाका प्रतिनिधी, गाउँपालिका प्रत्येक शाखाका प्रमुख एवं प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया