गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१५
Dho

गौमुल गाउँपालिका अध्यक्ष रोकायाद्धारा विकास निर्माणका योजनाहरुको अनुगमन

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ २५, २०८०
गौमुल गाउँपालिका अध्यक्ष रोकायाद्धारा विकास निर्माणका योजनाहरुको अनुगमन

बाजुरा : गौमुल गाउपालिका अध्यक्ष हरीबहादुर रोकयाले निर्माणधीन सडकदेखि नयाँ निर्माण भईरहेका विद्यालयका भवनहरुको अनुगमन गरेका छन् । 

बुधबार अध्यक्ष रोकायाले पालिकाको केन्द्र घट्मुनादेखि ३ वटा वडा जोड्ने सडकको औपचारिक स्थलगन अनुगमन गर्नुभएको छ । भर्खरै ३ नम्बर वडा कार्यालय सडक पहुँचमा जोडिएको सडकको  निर्माण कार्यको अनुगगमन गर्नुभएको हो ।

त्यस्तै ३ नम्बर वडामै रहेको बालविकास माविको शैक्षिक गतिविधीको छड्के अनुगमनका साथै विद्यालयका निर्माधीन संरचनाको गुणस्तर सहीत कामको तीब्रता र आवश्यक भौतिक पूर्वधारको विषयमा पनि अनुगमन गरिएको गाउँपालिका प्रवक्ता देवबहादुर रोकायाले बताएका छन् ।

हालसम्म भईरहेका विकास निर्माणका कामहरुको गुस्तरीयता, दिगोपना र बाकी पालिका सरकारले लगानी गर्नुपर्ने कामहरुका बिषयमा जानकारी लिन पालिकाको प्राविधिक सहीतको टोलीले अध्ययन तथा स्थलगत अनुगमनमा गएको पालिकाका  इन्जिनियर धर्मबहादुर खडायतले बताएका छन् ।

अनुगमन टोलीले १ र २ नम्बर वडालाई सडको पहुँचमा ल्याउन पनि अध्ययन अवलोकन गरिएको उनले बताए । सो वडाहरुलाई सडकको पहुँचमा जोड्न अब केही समयपछि सडक निर्माण कार्य थालिने हुने भएकाले यसका लागि पनि अनुगमन र नागरिकलाई भेटघाट गर्न गाउँ तथा टोलहरुमा पुगको १ का वडाध्यक्ष देबेन्द्र बहादुर रोकायाले बताएका छन् ।

अनुगमनका क्रममा बालविकास माध्यमिक विद्यालयमा पुगेर अध्यक्ष रोकायाले विद्यालयको शैक्षिक र भौतिक विकासमा पालिका जहिले पनि साथमा रहेको बताएका छन् । विद्यालयका भौतिक संरचना निर्माण भईसकेको बताउँदै बाकी आवश्यक भौतिक संरचना निर्माणसंगै स्तरन्नोतिमा पालिका सरकार निरन्तर लागिरहेको बताएका छन् ।

अबको पालिकाको लक्ष्य भनेको शैक्षिक गुणस्तर सुधार गर्ने रहेकाले सबै पक्षले जिम्मेवार भएर लाग्न आग्रह गरेका छन् । विद्यालयमा बालबालिकाको बौद्धिक क्षमताको विकास हुने खालका क्रियाकलाप सहीत पठनपाठन गनुपर्नेमा जोड दिए । एकै पढाई मात्रै नभएर विद्यार्थीको चौतर्फीक विकासमा परिवर्तन गर्न आवश्यक रहेको बताए । अध्यक्ष रोकायाले नजिकिएकोे एसईईमा राम्रो अंक ल्याउने गरी अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिएका छन् ।

विद्यालयको भौतिक, शैक्षिक अवस्थाको बारेमा जानकारी लिन अध्यक्ष सहीतको टोली विद्यालय पुगेपछि विद्यालय परिवारले खुशी व्यक्त गरेका छन् । अनुगमनले गर्दा आफूहरुलाई  सिक्ने अवसरका साथै जिम्मेवार बन्न र सचेत गराउँने गतिलो माध्यम बन्ने भएकाले अनुगमनलाई निरन्तता दिन शिक्षकहरुले जनप्रतिनिधीलाई आग्रह गरेका थिए ।

गौमुल गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाको संयोजकत्वमा गाउँपालिका प्रवक्ता एवं २ का वडाध्यक्ष देवबहादुर रोकाया, १ का वडाध्यक्ष देवेन्द्र बहादुर रोकाया, ३ का वडाध्यक्ष गोरख बहादुर बोहरा, पालिका इन्जिनियर धर्मबहादुर खडायत, जिन्सी शाखा प्रमुख गणेश बहादुर रोकाया लगायत अन्य प्राविधिक सहीतको टोली अनुगमनमा सहभागि रहेको छ ।

प्रतिक्रिया