गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३५
Dho

सुदूरपश्चिममा आगलागीका घटनाबाट चार करोड ३० लाखको क्षति

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ २३, २०८०
सुदूरपश्चिममा आगलागीका घटनाबाट चार करोड ३० लाखको क्षति

धनगढीः सुदूरपश्चिममा आगलागीका घटनाबाट चार करोड ३० लाखभन्दा बढीको आर्थिक क्षति भएको छ। आगलागीका घटना दैनिक रुपमा बढ्न थालेपछि मानवीयसँगै भौतिक क्षति समेत बढ्न थालेको हो। चालु आर्थिक वर्षको साउनदेखि माघ तेस्रो सातासम्म प्रदेशभित्र एक सय ९ वटा आगलागीका घटना घटेका छन्। ती घटनाबाट एक महिलासहित दुई पुरुषको मृत्यु नै भइसकेको छ।

आगलागीबाट १० महिलार र पाँच पुरुष गरी १५ जना घाइते भएका छन्। यस्ता घटनाबाट ६ महिनाको अवधिमा एक सय २८ परिवार प्रभावित बन्न पुगेका छन्।

१० घर आंशिक र १२ घर आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको समेत पाइएको छ। साथै किसानका २७ गोठमा समेत क्षति पुगेको छ। यसबाट २५ वटा पशुचौपायामा क्षति पुगेको छ।

प्रतिक्रिया