गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३९
Dho

अनुदानमा च्याउको बीउ माग गर्न कृषकलाई कृषि ज्ञान केन्द्रको अनुरोध

गाैमुल खबर गाैमुल खबर
शनिबार, माघ २०, २०८०
अनुदानमा च्याउको बीउ माग गर्न कृषकलाई कृषि ज्ञान केन्द्रको अनुरोध

बाजुरा : कृषि ज्ञान केन्द्र बाजुराले कृषकलाई अनुदानमा वीउ वितरण गर्ने भएको छ । शनिबार एक सूचना जारी गर्दै ज्ञान केन्द्रले च्याउको बीउ आवश्यक परेका सम्पूर्ण कृषकहरुलाई अनुदानमा बीउ वितरण गराउँने जानकारी गराएको हो ।

च्याउ खेती गर्दै आएका कृषक र च्याउ खेती गर्ने तथा तालिम लिएका तर बीउ नपाएर बसिरहेका कृषकलाई प्राविधिक सल्लाह सहीत ५० प्रतिशत अनुदानमा उपलब्ध गर्ने कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताएका छन् । 

पालिकाका कृषि शाखाबाट धेरै कृषकले एकमुष्ट माग गरेमा गाडी पुग्ने ठाउँसम्म पठाईने व्यवस्था पनि गरिएको उनले बताए । च्याउ डल्ला बनाउने प्लाष्टिक पनि उपलब्ध गरिने भएको छ । 

यो समय बाजुरा जिल्ला भरी च्याउ खेती गरिने उपयुक्त समय भएकाले बीउ अनुदान माग गर्न अनुरोध गरिएको छ । छोटो समयमा सानो च्याउ खेती गरी आम्दानी बढाउन सहयोग कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जैशीको भनाइ छ । 

प्रतिक्रिया