गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४३
Dho

काठमाडौंबाट बाजुरा आउँदै गरेको बस दुर्घटना : यी हुन बाजुराका घाइते

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, माघ १९, २०८०
काठमाडौंबाट बाजुरा आउँदै गरेको बस दुर्घटना : यी हुन बाजुराका घाइते

बाजुरा : काठमाडौंबाट बाजुरा आउँदै गरेको बस पश्चिम नवलपरासी सुनवलमा दुर्घटनामा परी घाइते हुनेको पहिचान भएको छ । 

विहीबार राति पौने १० नलवरपरासीको सुनवल नगरपालिका–४ पेट्रोल पप्प नजिकै काठमाडौंबाट बाजुरा आउँदै गरेको सु.प्र.प ०१–००१ ख ३४८० नम्बरको विपरीत दिशाबाट आएको लु २ ख १६९६  नम्बरको टिपर आपसमा ठोकिदा दुर्घटना परी १७ जना घाइते भएका थिए । 

दुर्घटनामा परी घाइते हुनेको परिचय खुलेको प्रहरीले जनाएको छ । घाइते १७ जना मध्ये ५ जना बाजुराका रहेका छन् । बाजुराका घाइते हुनेमा हिमाली गाउँपालिका–७ की ६० वर्षीया टिकादेवी सन्याल, बुढीनन्दा नगरपालिका–१ का ५१ वर्षीय खडकराज गिरी, उनकी श्रीमति ४५ वर्षीया चन्द्र गिरी, गौमुल गाउँपालिका–६ का १८ वर्षीय महेश रोकाया र बाजुराकै पालिका नखुलाएकी ४० वर्षीया राजु थापा रहेका छन् ।

घाइते सन्यालको टाउँको र छातिमा चोट, गिरी र थापाको खुट्टामा र गिरीकी श्रीमती चन्द्रको हात खुट्टमा चोट लागेको छ । भने रोकायाको दुबै हातमा चोटपटक लागेको प्रहरीले जनाएको छ । उनीहरुको देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा उपचार भइरहेको पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराले बताए ।

त्यस्तै अन्य घाइतेहरु चालक कैलालीको चुरे गाउँपालिका–४ का ३९ वर्षीय कर्णबहादुर सावद, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ का ३४ वर्षीया गिरिराज भुसाल, कञ्चनपुरको बेलौरी नगरपालिका–१० बस्ने वर्ष २५ का सुनिल पाल, रुपन्देही बुटवल उपमहानगरपालिका–४ बस्ने वर्ष १६ को सुजन बुरलाकोटी, १६ वर्षीया लक्ष्मण थापा, राजु थापाकी छोरा वर्ष ३ को सुनिल थापा, जिल्ला नवलपुर देवचुली नगरपालिका–१२ गैडी बस्ने वर्ष ३२ का प्रकाश न्यौपाने, बर्दिया मधुबन नगरपालिका–७ बस्ने वर्ष २५ का बिनोद थापा, नवलपरासी सुनवल नगरपालिका–८ बस्ने वर्ष ६३ को बलराम उबरकोटी, ३० वर्षीया बलदिप नेपाली र उनका छोरा ३९ वर्षका भुपाल नेपाली रहेका छन् ।

टिपर चालक सुनवल–१० गैंडाखालका सुनिल दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य केही नभएको यात्रुहरुलाई बस समितिसंग समन्वय गरी अर्को बसमा राखी गन्तब्य तर्फ पठाइएको डिएसपी बोहाराले बताए । दुबै सवारी प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया