गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५५
Dho

काठमाडौंबाट बाजुरा आउँदै गरेको बस सुनवलमा दुर्घटना हुँदा १७ जना घाइते

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, माघ १९, २०८०
काठमाडौंबाट बाजुरा आउँदै गरेको बस सुनवलमा दुर्घटना हुँदा १७ जना घाइते

बाजुरा : काठमाडौंबाट बाजुरा आउँदै गरेको बस पश्चिम नवलपरासीकाे सुनवलमा दुर्घटना भएकाे छ । बाजुरा आउँदै गरेको बस टिपरसंग ठोकिँदा १७ जना घाइते भएका छन् । 

विहीबार राति पौने १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ पेट्राेल पप्प नजिकै काठमाडौंबाट बाजुरा आउँदै गरेको सु.प्र.प ०१-००१ ख ३४८० नम्बरको विपरीत दिशाबाट आउँदै गरेको लु २ ख १६९६  नम्बरको टिपरले आपसमा ठोकिदा दुर्घटना भएको हो । 

पश्चिम नवलपरासीका प्रहरी नायव निरीक्षक रेशम बोहराका अनुसार बसमा चालक सहीत ३५ जना सवार थिए । दुर्घटना हुँदा १७ जना घाइते भएको बोहराले जानकारी दिए । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ भने ७ जना मध्यम र ९ जना सामान्य भएका छन् ।

घाइतेको रुपन्देहीको देवदह मेडिकल कलजे, चौराह अस्पताल बुटवल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरी नायव निरीक्षक बोहराले जानकारी दिए । टिपर चालक नवलपरासी सुनवल नगरपालिका-१० गैडाखालका २८ वर्षीय सुनिल दर्जीलाई नियन्त्रणमा लिईएको बोहराले बताएका छन् ।  

प्रतिक्रिया