गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२१
Dho

वर्षाका कारण रनिङ शिल्ड प्रभावित, ४ खेलमा गौमुल सेमिफाइनलमा प्रवेश

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ १८, २०८०
वर्षाका कारण रनिङ शिल्ड प्रभावित, ४ खेलमा गौमुल सेमिफाइनलमा प्रवेश

बाजुरा : बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वर्षाका कारण प्रभावित भएको छ । बुधबार रातिदेखि वर्षासंगै हिमपात भएपछि कोल्टीमा १५ गतेदेखि जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वर्षाका कारण प्रभावित भएको हो ।

बाजुराका लेकाली भेगमा हिमपात र बेसीतिर लगातार वर्षा हुनथालेपछि खेलहरु रोएिका छन् । १५ गते औपचारिक उद्घाटन कार्यक्रमले खेलहरु सुरु भएका थिएन् । जसका कारण रनिङ शिल्डका खेलहरु १६ गतेको विहानदेखि मात्रै सुरु भएको थिए

बुढीनन्दा नगरपालिका २ कोल्टीस्थित जनप्रकाश माविको खेलमैदानमा सञ्चालन भएको यस वर्षको शिल्डमा ९ वटै स्थानीय तह सहभागि रहेका छन् । बुधबार भएका खेलहरु हेर्दा गौमुल गाउँपालिका शिल्ड जित्ने नजिक पुगेको देखिन्छ । गौमुल प्राय सबै खेलहरुको सेमिफाइनलमा प्रवेश गरेको छ । 

पहिलो दिन भएका खेलमा गौमुलले २ स्वर्ण पदक जितिसकेको छ । सटुफुटमा छात्रा तर्फ आरती बुढा र ज्याब्लिङ्ख था्रेमा छात्र तर्फ अंशु रोकायाले स्वर्ण पदक जितेसंगै गौमुल एकपछि अर्को आफ्नो स्थान सुरक्षित राख्दै आईरहेको छ ।

त्यस्तै दोस्रो दिन भएको खेलमा छात्रा तर्फको कवड्डीमा गौमुल गाउँपालिकाले खप्तड छेडेदहलाई १४ अंकको फरक र छात्र तर्फ बुढीनन्दा नगरपालिकालाई ९ अंकले पछ्याउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

त्यसैगरी छात्र तर्फको भलिबल प्रतियोगितामा पनि स्वामीकार्तिक खापर गाउँपालिकालाई २–० को सोझो सेटमा पराजित गरेर गौमुल सेमिफाइनलमा प्रवेश गरेको छ । भने छात्रा तर्फको भलिबलको पहिलो चरणको खेलमा जगन्नाथ गाउँपालिकालाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

अझै पदकको आश गरिएका एथ्लेस्टिकको प्रतिस्पपर्धा प्रतिकुल मौसमका कारण भएको छैन् । मार्सल आर्टमा गौमुलकै अन्तिम रोकायाले रजत र सरमन रोकायाले कास्य पदक जितेका छन् । कास्य, रजत, स्वर्ण पदकमा जित्दै आफ्नौ स्थान सुरक्षित बनाईरहेको गौमुलले बाकी खेलहरुमा पनि सफलता हुने आशा गरेको छ । अहिले सम्मको खेलको सफलता हेर्दा शिल्ड जित्ने दाउमा प्रयास गरिरहेको छ ।

१५ सय मिटर छात्र तर्फको दौडमा बुढीगंगा नगरपालिकाले स्वर्ण पद जितेको छ । भने छात्रा तर्फ त्रिवेणी नगरपालिकाले पनि स्वर्ण पदक जितको छ । सटफुटमा छात्र तर्फ खप्तड छेडेदहले स्वर्ण पदक जितको छ । ज्याब्लिङ्ख था्रे छात्र तर्फ गौमुलले स्वर्ण जितेका छ । भने छात्रा तर्फ खप्तडले स्वर्ण पद जितिसकेको छ ।

सेमिफाइनलका खेलहरु खेलाएर भोलीसम्म सक्ने लक्ष्य रहेपनि मौसम प्रतिकुलका कारण खेलहरु रोकिएको आयोजकले जनाएको छ । सेमिफाइनलमा पुगेको खेलहरु मौसम सुधार भएलगत्तै सञ्चालन गरिने खेलकुद विकास समितिले जनाएको छ । 

प्रतिक्रिया