गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४७
Dho

बाजुरामा लामाे समय पछि बर्षा र हिमपात, किसान खुशी

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ १८, २०८०
बाजुरामा लामाे समय पछि बर्षा र हिमपात, किसान खुशी

बाजुरा : बाजुराका हिमाली भेगमा हिमपात र बर्षा भएको छ । पाँच महिनापछि उच्च हिमाली भेगमा हिमपात र बर्षा भएको हो । असोज पछि बाजुरामा बर्षा परेकै थिएन । बुधबार रातीबाट बाजुरा सहीत सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्लामा हिमपात र बर्षा भइरहेको छ ।

५ महिनापछि बर्षा आएपछि किसानका लागि सुन बर्षे जस्तै भएको छ । तर हिमपातका कारण भने चिसो बढेको छ । रातीबाटै सुरु भएको हिमपात अहिलेपनि केही भागमा जारी छ । हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा बर्षा भइरहेको छ ।

यतिबेला जिल्लाको तापक्रम शुन्यमा झरेपछि चिसोले जनजीवन नराम्ररी प्रभावित बनेको छ । आवत जावत र यातायात सेवा समेत प्रभावित बनेको छ । हिमपातसँगै बढेको चिसोका कारण हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको छ । कोल्टीमा जारी राष्टपति निग शिल्ड समेत प्रभावित हुने देखिएको छ ।

लगातार पानी र हिमपात भएपछि सदरमुकाम मार्तडी बजार क्षेत्र सहीत गाउँका विद्यालय बन्द गर्नु पर्ने अवस्था देखिएको छ । घर बाहिर आएर हिँडडुल गर्न नै समस्या देखिएको छ । हिमाली गाउँपालिकाको बिच्छ्या, क्षेत्र, स्वामिकात्र्तिक खापर गाउँपालिका, बुढीनन्दा नगरपालिकाको कोल्टीको कुरु, पाण्डुसैन, खप्तड छेडेदह गाउँपालिकाको काँडाडा, रान, आटीचौर, बडीमालिकाको ढम्कने, गौमुल गाउँपालिकाको अम्लीस, पातेगर्जे, तल्दुगन, मल्गुदनमा हिमपात भएको छ ।

बजार पसलहरु प्नि पूर्ण रुपमा बन्द अवस्थामा छन् । किसानलाई राहत भएपनि चिसोले सबैलाई सास्ती दिएको छ । हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुट्ने अवस्था आएको छ ।

बडिमालिका र बूढीनन्दा नगरपाकिालको सिमाना पोरखे लेकमा बाक्लो हिमपात भएको छ । मार्तडी कोल्टी सडक अवरोध भएको प्रहरीले बताएको छ । हिमपात र बर्षाका कारण ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया