गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५१
Dho

बडीमालिकाको प्रमुख प्रसाशकीय अधिकृतमा केसी हाजिर

गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ १७, २०८०
बडीमालिकाको प्रमुख प्रसाशकीय अधिकृतमा केसी हाजिर

बाजुरा : जिल्लाको बडीमालिका नगरपालिकको प्रमुख प्रसाशकीय अधिकृतमा बमबहादुर केसी हाजिर भएका छन् । बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको बडीमालिकामा दैलेखको नारायण नगरपालिकाबाट सरुवा भएर केसी आज हाजिर भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत केसीलाई नगर प्रमुख अमर खड्का र उपप्रमुख नन्दा थापा सहीत कर्मचारीले स्वागत गरेका छन् । नगरपालिकालाई जिल्लाको नमुना बनाउन कानुन र नियमले दिएसम्म अधिकतम काममा गर्ने प्रतिवद्धता अधिकृत केसीले गरेका छन् ।

त्यस्तै नगरपालिकामा हाजिर भएका अधिकृत केसीले कार्यभार सम्हाल्दै जनताका काम कानुन सम्मत तरिकाबाट गर्ने पनि बताए । नगरपालिको आर्थिक, प्रशासनीक तथा अन्य सेवा प्रवाहहरु संचालन भईसकेको नगरपालिकाले जानकारी दिएको छ । 

प्रतिक्रिया