गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०३
Dho

बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ १७, २०८०
बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

बाजुरा : बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । आज जगन्नाथ गाउँपालिका २ की ४५ बर्षिया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टिले जानकारी दिएको छ ।

बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटिल देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

उनले गर्भावस्थामा एक पटक पनि चेकजाँच नगरेको, प्रेसर हाइ, खुट्टा सुनिएको र हेमोगोलोबिन पनि कम भएकाले याँहा अप्रेशन सम्भव नहुने भएपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएर प्रशासनको पत्रचार पछि उनलाई रेफर गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित कुमार शाहले बताएका छन् । 

बिष्टलाई नेपाली सेनाको हेलिकपटरबाट रेफर गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेले बताए । राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत निःशुल्क उद्धार गरिएको उनले बताए ।

प्रतिक्रिया