गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:११
Dho

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढ्यो, विद्यालय बन्द

गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ १७, २०८०
बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढ्यो, विद्यालय बन्द

बाजुरा : बाजराको स्वामिकार्तिक खापर गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप बढ्न थालेको छ । विद्यालयहरुमा भाइरल ज्वरोका विरामी बढ्न थालेपछि बन्द गर्न थालिएको छ ।

भाइरल ज्वरोका विरामीको संख्या दैनिक दिन बढ्न थालेपछि विद्यालय बन्द गर्नुेपर्ने अवस्था आएको विद्यालयले जनाएकाका छन् । ज्वरो संक्रामक रोगको प्रमुख लक्षण भएकाले एक अर्कोमा छिटो सर्ने र विरामी संख्या बढ्न सक्ने भन्दै संक्रमण फैलिन नदिन एक साताका लागि विद्यालय बन्द गरिएका हुन् ।

प्रकोपका कारण बालबालिकाहरु बढी प्रभावित हुन थालेका छन् । स्वामीकार्तिक खापर गाउँपालिका–१ रुडीमा रहेको माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरोले बालबालिकाहरु प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

भाईरल ज्वरो र रुखाखोकीले बालबालिकाहरु प्रभावित हुन थालेको र थप प्रकोप फैलिन नदिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक दानबहादुर धामीले जानकारी दिएका छन् । 

विव्यसको बैठक बसेर सोमबारदेखि माघ १९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उनले बताए ।  एक साताअघि स्वामीकार्तिक गाउँपालिकाको जुकोटमा रहेको शम्भुसुनन्दा माध्यामिक विद्यालयमा पनि भाइरल ज्वरोको प्रकोप देखिएको थियो । 

मौसम परिवर्तनसँगै जिल्लामा रुघाँखोकी र भाइरल ज्वरोको संक्रमण देखिन थालेको हो । लामो समयदेखि वर्षा नहुँदा धुवाँ–धुलोका कारण रुघाखोकी फैलिएको स्वास्थ्यकर्मी बताएका छन् । 

सुरुवा रोग भएका कारण हावा र हाँच्छयुका माध्मबाट सजिलै एक ब्यक्तिबाट अर्काे ब्यक्तिमा सर्ने भएकाले सुरक्षित रहन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित शाहले सुझाव दिएका छन् ।

संक्रमणबाट जोगिन खानेकुरामा ध्यान दिने, झोलिला खाने कुरा खाने, तातो पानीको प्रयोग गर्ने, न्यानो कपडा लगाउने, हाच्छयु गर्दा नाख, मुख छोप्ने, र हिँडडुल गर्दा वा अन्य ब्यक्तिसँगै रहँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने डाक्टर शाहले बताए । 

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले पालिकामा भाइरल ज्वरोको प्रकोपले विद्यालय बन्द गरेको जानकारी आफूलाई नआएको बताएका छन् । गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको भएछिटैं स्वास्थ्यकर्मीको टोली गाउँ गाउँमा परिचालन गर्ने बताएका छन् ।

भाइरल ज्वरो भाइरसको संक्रमणले उत्पन्न हुने ज्वरो हो । ज्वरो संक्रामक रोगको प्रमुख एक लक्षण पनि हो । संक्रामक रोग वर्षको कुनै पनि समयमा देखिने भएपनि गर्मी तथा वर्षाको मौसममा बढी देखापर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । रुघाखोकी लाख्ने, ज्वरो आउने, नाकबाट पानी आउने र टाउको दुख्ने जस्ता लक्षणबाट बिरामी प्रभावित हुने गरेको बताईएको छ ।  

भाइरल फैलिनुमा वर्षाको कारण बाढी तथा फोहोर र प्रदूषित पानी, विभिन्न फोहोर दुर्गन्धित वस्तु हावामा फैलिएपछि श्वासप्रश्वासमा भाइरलको जीवाणुले प्रभावित पार्ने र शरीरमा प्रवेश गर्ने कारण मानिसमा भाइरलले प्रभावित पारेको चिकित्सक बताउने गरेका छन् । यस्तै यो सरुवा रोग भएको कारण एकबाट अर्कोमा सर्ने गरेको पनि चिकित्सकले बताएका छन् । 

प्रतिक्रिया