गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१४
Dho

जिल्ला स्तरीय रनिङ शिल्ड : गौमुल र खप्तड छेडेदह गाउँपालिकाले लियो २ स्वर्ण

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ १६, २०८०
जिल्ला स्तरीय रनिङ शिल्ड : गौमुल र खप्तड छेडेदह गाउँपालिकाले लियो २ स्वर्ण

बाजरा : बाजुरामा यतिबेला राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता कोल्टीमा जारी छ । आज भएका खेलमा गौमुल गाउँपालिकाले २ स्वर्ण जितेको छ । कोल्टीमा सञ्चालित १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा गौमुलले २ स्वर्ण जित्न सफल भएको खेलकुद विकास समिति गौमुलका अध्यक्ष बलबहादुर रोकायाले बताएका छन् ।

जनप्रकाश माविमा आयोजित रनिङ शिल्ड प्रतियोगीतामा रणनीतिक रुपमा पूर्व तयारीका साथ गौमुल गाउँपालिकाले आफुलाई प्रस्तुत गरिरहेको छ ।

आज १५ सय मिटरको दौड, सट्फुट, ज्याब्लिङ्ख थ्रो र छात्रछात्रा भलिबल प्रतियोगीता सञ्चालन भएका हुन् । जसमा १५ सय मिटर छात्र तर्फको दौडमा बुढीगंगा नगरपालिकाले स्वर्ण लिएको छ । त्यस्तै छात्रातर्फ त्रिवेणी नगरपालिकाले स्वर्ण लिएको छ ।

सटुफुटमा छात्रा तर्फ गौमुल गाउँपालिका आरती बुढाले स्वर्ण जित्न सफल भएकी छन् । सटपटमै छात्रत र्फ खप्तड छेडेदहले स्वर्ण लिएको छ । ज्याब्लिङ्ख था्रे छात्र तर्फ गौमुल गाउँपालिका अंशु रोकायाले स्वर्ण जितेका छन् । भने छात्रा तर्फ खप्तड छेडेदहले स्वर्ण लिएको छ । 

हालसम्म गौमुल गाउँपालिका र खप्तड छेडेदहले २÷२ स्वर्ण लिएको खेल प्रशिक्षक दलबहादुर रोकायाले जानकारी दिएका छन् । छात्रा तर्फको भलिबल प्रतियोगीतामा बुढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, गौमुल गाउँपालिका र त्रिवेणी नगरपालिकाले जितेका छन् ।

जसमा बाईमा बडीमालिका नगरपालिका परेको छ । जगन्नाथ, हिमाली, स्वामीकार्तिक र घरेलु मैदानबाट बुढीनन्दा बाहिरिएका छन् । छात्र तर्फको भलिबल प्रतियोगीतामा पहिलो चरणको प्रतियोगीतामा स्वामीकार्तिक खापर गाउँपालिका र बुढीनन्दा बीच भएको थियो । जसमा स्वामीकार्तिकले जिते हात पारेको छ । 

भोली जगन्नाथ र बडीमालिका नगरपालिका बीच हुने भएको छ । तेस्रो खेल बुढीगंगा र हिमाली गाउँपालिका र बाईमा गौमुल गाउँपालिका खेल्ने छ ।

प्रतिक्रिया