गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:००
Dho

गौमुलमा शिक्षकलाई विषयगत क्षमता विकास तालिम

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ १६, २०८०
गौमुलमा शिक्षकलाई विषयगत क्षमता विकास तालिम

बाजुरा : गौमुल गाउँपालिकामा शिक्षकहरुलाई विषयगत क्षमता विकास सम्बन्धी तालिम दिईएको छ । शैक्षिक गुणस्तर विकासका लागि आधारभूत तहमा अध्यायपन गराउने शिक्षकलाई पाँच दिने विषयगत क्षमता विकास सम्बन्धी तालिम दिएको हो ।

गाउँपालिकाको सहजीकरण र एचआरसी बाजुरा समन्वय तथा टिडीएच जर्मनीको आर्थिक सहयोगमा वडा नं.२ स्थित जनज्योति माध्यमिक विद्यालयमा सञ्चालन गरिएको तालिम सकिएको छ ।

तालिममा गाउँपालिकाका २३ वटै विद्यालय सामाजिक विषयगत शिक्षक ३० जनाको सहभागि थियो । निष्पक्ष सामाजिक विषय अध्यायन गराईरहेका आधारभूत तहका शिक्षकलाई तालिममा सहभागि गराएको एचआरसी बाजुराका सामाजिक परिचालक दिनेश सार्कीले बताएका छन् ।

शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुको महत्वपुर्ण भूमिका रहेकाले शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिईएको उनले बताए । शिक्षकको ज्ञान, सीप अभिवृद्धिमा निखरता ल्याउने उद्देश्य सहीत एचआरसीले सञ्चालन गरेको पाँच दिने तालिम उपलब्धीमुलक बनेको वडा नं.२ का वडाध्यक्ष देवबहादुर रोकायाले बताएका छन् । 

अब शिक्षकको पेशागत कार्यसम्पादनमा पनि सहजता हुने उनले बताए । तालिममा क्षमता अभिवृद्धिसंगै कक्षाकोठामा हुने शिक्षण शिकाई क्रियाकलापका बारेमा सिकाई भएको पदमपुर आधारभूत विद्यालयका शिक्षक मंगल रोकायाले बताएका छन् । 

No description available.त्यस्तै विषयगत शैक्षिक सामाग्री, पाठ्यक्रम, ग्लोब र नक्सा सहीत शैक्षणिक सामाग्री निर्माणदेखि अध्यायपन गराउँने विधी सिकाई भएको उनले बताए । खेल सहजीकरण विधी, पिपीएस टेक्निकलका विधी, शैक्षणिक विधी र विद्यालयमा गरिने हेरेक अतिरिक्त क्रियाकलापका बारेमा सिकाई भएको तालिममा सहभागि घटाल आधारभूत विद्यालयकी शिक्षिका पदमा थापाले बताएकी छन् । 

विद्यालयमा अध्यायपन गराईरहेका शिक्षकको क्षमता विकासका लागि सञ्चालन गरिएको तालिम प्रभावकारी हुने विश्वस व्यक्त गरिएको छ । गाउँपालिकाले विभिन्न गैरसरकारी संस्थाहरुसंग सहजीकरण गरी शिक्षा क्षेत्रलाई सुधारका गर्न विभिन्न तालिम सञ्चालन गरिर्दै आईरहेको छ ।

एचआरसीले यस भन्दाअघि पनि गाउँपालिकाको सहजीकरणमा बालमैत्री शिक्षण विधी र बालअधिकार सम्बन्धी २३ वटै विद्यालयका इसीडी र प्राविदेखि मावि तहका पालिका भरीका २ सय १० जना शिक्षकलाई तालिम दिईसकेको छ  ।

तालिममको प्रशिक्षण मीन बहादुर शाहीले गरेका थिए । जनज्योति माध्यामिक विद्यालयका निप्रअ लाल बहादुर रोकायाको अध्यक्षतमा सञ्चालन गरिएको तालिमको समापन कार्यक्रममा सिकाई उपलब्धी सहीतको मन्तव्य सबै विद्यालयको तर्फबाट शिक्षक खडक बहादुर रोकायाले दिएका थिए । 

No description available.

प्रतिक्रिया