गाैमुल खबर डटकम बुधबार २१, असोज २०८३ ०४:३२

गौमुलमा देउवा पक्षको संगठनात्मक पकड बलियो, भूपाल रोकाया सभापतिमा चयन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असोज २०, २०८३
गौमुलमा देउवा पक्षको संगठनात्मक पकड बलियो, भूपाल रोकाया सभापतिमा चयन

बाजुरा ःनेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशन अन्तर्गत देउवा पक्षले सञ्चालन गरेको गौमुल गाउँ कार्यसमितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट भूपाल रोकाया गाउँ कार्यसमितिको सभापतिमा चयन भएका छन्।

अधिवेशनले रामबहादुर बुढालाई सचिवसहित १३ सदस्यीय गाउँ कार्यसमिति चयन गरेको छ। नेतृत्व चयनसँगै गौमुल गाउँपालिकामा नेपाली कांग्रेसको देउवा पक्षले आफ्नो संगठनात्मक उपस्थितिलाई थप मजबुत बनाएको देखिएको छ।

अधिवेशनमा जिल्ला संयोजक धनराज पण्डित सहित नेताहरू उमा रोकाया, जनक रोकाया, चक्र बोहरा, अमृता सिंह, भूपाल रोकाया, धनबहादुर सार्की, टेकबहादुर रोकाया लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

गौमुलमा सम्पन्न अधिवेशनलाई कांग्रेसभित्रको पछिल्लो शक्ति-समीकरणका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ।

नयाँ गाउँ कार्यसमिति चयन भएसँगै देउवा पक्षले स्थानीय तहमा संगठन विस्तार र आगामी अधिवेशनका लागि आफ्नो आधार थप व्यवस्थित गरेको देखिएको छ।

यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा गौमुलमा नेपाली कांग्रेसका उम्मेदवारहरू अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षका विभिन्न पदमा प्रतिस्पर्धामा रहेपनि एमालेका उम्मेदवार निर्वाचित भएका थिए।

नवनिर्वाचित गाउँ सभापति रोकायाले संगठनलाई थप सुदृढ गर्दै कार्यकर्ताबीच एकता, समन्वय र सक्रियता बढाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया