गाैमुल खबर डटकम मङ्गलबार २७, असोज २०८३ ०५:०७

गौमुलमा नयाँ प्रमुख प्रशासकीय अधिकृत भट्टको प्रवेश, ‘फरक र पृथक काम गर्ने’ प्रतिबद्धता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असोज २६, २०८३
गौमुलमा नयाँ प्रमुख प्रशासकीय अधिकृत भट्टको प्रवेश, ‘फरक र पृथक काम गर्ने’ प्रतिबद्धता

बाजुरा ः बाजुराको गौमुल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर भएका दुर्गादत्त भट्टले जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीको साथ र सहयोगमा फरक तथा पृथक ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्दै भट्टले सबैको साथ, सहयोग र सहकार्यबाट गाउँपालिकामा प्रभावकारी रुपमा काम गर्ने अपेक्षा व्यक्त गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशकै डडेल्धुराको बासिन्दा भएकाले यस क्षेत्रसँग आफ्नो आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै उनले गौमुल गाउँपालिकामा सबैको सहयोग पाउने विश्वास व्यक्त गरेका छन् ।

उनले जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीसँगको सहकार्यमा नयाँ सोच र कार्यशैलीका साथ काम गर्ने अपेक्षा राख्दै सबै पक्षको साथ र सहयोगको अपेक्षा गरेका छन् ।

प्रतिक्रिया