गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१०
Dho

महिलालाई आत्मनिर्भर बनाउन गौमुलमा सीपमूलक तालिम

गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ १४, २०८०
महिलालाई आत्मनिर्भर बनाउन गौमुलमा सीपमूलक तालिम

बाजुरा : गौमुल गाउँपालिकामा सिलाइकटाइ तालिम सुरु भएको छ । गाउँपलिकाको सहजीकरण तथा एचआरसी बाजुराको समन्वय र टिडीएच जर्मनीको आर्थिक सहयोगमा एक महिने सिलाइकटाइ तालिम सञ्चालन भएको हो ।

महिलालाई विभिन्न आयआर्जन गर्न सहज होस् भन्ने उद्देश्य सहीत सीपमूलक तालिम सञ्चालन गरिएको एचआरसी बाजुराका सामाजिक परिचालक दिनेश सार्कीले बताएका छन् । 

यसभन्दा अघि तालिम दिएका ६ वटै वडाका २० जना महिलालाई पुनर्ताजकीय तालिम दिन थालिएको हो । तालिममा कुर्ता सुरुवाल, बच्चाका कपडा सिलाउन सिकीसकेका महिलालाई अहिले दाउरा–सुरुवाला, सट पेइन्ट सिकाईने भएको छ ।

माग १४ गते आईतबारदेखि सुरु भएको तालिम फागुन १४ गते सकिने भएको छ । तालिममा आर्थिक अवस्था कमजोर भएका तथा एकल महिलाहरुको सहभागिता रहेका छन् । तालिमले सिलाइकटाइ पेशामा व्यवसायीक बन्नमा सहयोग पुग्ने छ ।

महिलाले पुरुष अर्थात श्रीमानको भरमा जीवनयापन गर्नछन् भन्ने प्रवृत्ति समाजमा व्याप्त रहेकाले यसलाई चिर्नका लागि पनि योे तालिमले आफूहरुलाई धेरै सहजता र आत्मनिर्भर बनाउने तालिममा सहभागिहरुको भनाइ थियो । सिलाइकटाइ विशेषज्ञ रंगलाल नेपालीलाई प्रशिक्षक रुपमा ल्याईएका छन् । 

तालिमको एक औपचारिक कार्यक्रमकाबीच गौमुल गाउँपालिकाका कार्यवाहक अध्यक्ष कलक बहादुर सिंहले उद्घाटन गरेका हुन् । कार्यक्रममा सिंहले व्यवसायीक बनाई आत्मनिर्भर र आर्यआर्जमा वृद्धि विकास गर्ने लक्ष्य सहीत यस्ता धेरै तालिम सञ्चालन गरिर्दै आएको भएपनि उपलब्धी भने केही नदेखिएको बताएका छन् । 

गाउँपालिका भरीका मानिसले कुनै न कुनै एक–एक सीपमूलक तालिम लिईसकेका भएपनि कार्यान्वयन भने शुन्य देखिएको उनले बताए । तालिम लिने तर व्यवसायीक नबन्ने गरेकाले यस्तो नगर्न र आफ्नै लागि हो भन्ने सम्झिन अनुरोध गरेका छन् । 

वडा नं.५ का वडाध्यक्ष समेत रहेका सिंहले भने गाउँपालिकामा सिलाइकटाइ सिकेका धेरै छन् । व्यवसायीक रुपमा कसैले पनि काम गर्न सकेका छैनन् । राम्रो कपडा सिलाउन बाहिर जानुपर्ने अवस्था छ । आफूहरुको लक्ष्य भनेकै यहीँका नागरिकले यहीँ नै सिलाइकटाइ सुविधा पाउनुपर्छ र यही ठाउँका मानिसहरुलाई आत्मनिर्भर बनाउनु पर्छ भन्ने रहेपनि त्या अहिले सम्म पुरा हुन नसकेको बताए ।               
अब तालिममा सिकेका कुराहरुको कार्यान्वयन गर्न सुझाव दिर्दै यसपछि प्रशिक्षक भएर अर्को ठाउँमा जाने खालको किसिमको सिकाई उपलब्धी गर्न अध्यक्ष सिंहले अनुरोध गरेका थिए ।

सीपले मानिसलाई आत्मनिर्भर बनाउन ठुलो सहयोग गर्ने भएकाले राम्रोसंग बुझेर सिलाइकटाइ सिक्न कार्यवाहक अध्यक्ष सिंहले आग्रह गरेका छन् । सीपले स्वरोजगार बनाउन मद्दत पुगाउने भएकाले ध्यानपुर्वक सिक्न सुझाव दिए ।

गौमुल गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई पहिलो प्राथमिकता दिएको छ । यसका लागि पालिकामा लागु विभिन्न गैरसरकारी संघसंस्था संग सहजीकरण, समन्वय र सहकार्य गर्दै सीपमूलक तालिम सञ्चालन गरिराखेको छ ।

प्रतिक्रिया