गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०५
Dho

कृषि ज्ञान केन्द्रको अनुदान : गौमुलको अर्गानिक सुन्तला मार्तडी बजारमा

गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ १४, २०८०
कृषि ज्ञान केन्द्रको अनुदान : गौमुलको अर्गानिक सुन्तला मार्तडी बजारमा

बाजुरा : गौमुल गाउँपालिकाको अर्गानिक सुन्तला बाजुरा जिल्ला सदरमुकाम मार्तडी पुगेको छ । कृषि ज्ञान केन्द्रको ढुवानी अनुदानमा सोही पालिकाको वडा नं.४ रणीखेल्नाका किसानले फलाएको अर्गानिक सुन्तला जिल्लाको ठुलो व्यपारी केन्द्र मार्तडी बजारमा विक्रिका लागि पुगेको हो ।

स्वादिलो अर्गानिक सुन्तला मार्तडी बजारस्थित तुफान डाँडामा विक्रि केन्द्र स्थापन गरी सोही कक्षबाट सुपथ मुल्यमा विक्रि वितरण गर्न थालिएको छ । बजारमा किलोको १३० देखि १४० रुपैयाँ पाउने सुन्तला विक्रि केन्द्रमा ११० रुपैयाँमा पाउने गरेको छ ।

ढुवानी अनुदान तथा बजारिकरण कृषि ज्ञान केन्द्रले गरेको छ । भने सुन्तला उत्पादन÷संकलन तथा विक्रेता गौमुल गाउँपालिका–४ रणखेल्नास्थित ग्रामीण महिला कृषक समूह रहेको छ । उक्त समूहले फलेको सुन्तलाई बजारिकरणका गर्न कृषि ज्ञान केन्द्रसंग सहयोगका लागि निवेदन हालेको थियो । 

सोही निवेदनका आधारमा ढुवानी गरेर मार्तडी बजारमा विक्रि गरिन थालिएको कृषि ज्ञान केन्द्र बाजुरा कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताएका छन् । किसानले उत्पादन गरेका सुन्तला खेर जान नदिन ढुवानी गरी बजारसम्म पुर्याएको उनले बताए । 

रणेखेल्नामा यस वर्ष सुन्तला उत्पादन दोब्बरले वृद्धि भएको छ । यहाँ बसोबास गर्ने सबै परिवारले फाटफुट सुन्तला उत्पादन गरिरहेका भएपनि १२ वर्षदेखि पारु रोकाया भने व्यवसायीक रुपमा सुन्तला खेती गदै आईरहेकी छन् । अन्य खेती लगाउनै छोडेर सुन्तला खेती तिर लागेको पनि १२ वर्ष नै भएको उनले बताएकी छन् । 

May be an image of 1 person and textधेरै मिहेनतपछि राम्रोसंग आम्दानी हुन थालेको २÷३ वर्ष मात्रै भएको उनको भनाइ छ । अहिले उनको बारीमा ५ सय १० बोटमा लटरम्मै सुन्तला फलेको छ । सुन्तलाबाट वर्षेनी करिब ढेड लाखसम्म आम्दानी हुने गरेको किसान रामबहादुर रोकायाले बताएका छन् । 

यसभन्दा अघिल्ला वर्षहरुमा सुन्तला उत्पादन धेरै भएपनि ढुवानी तथा बजारिकरणको समस्याले खेर जाने गथ्र्यौ, अहिले गाउँपालिकासंगै कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान दिएपछि विक्रि वितरणमा सहजता हुनथालेको रोकायले बताए । उनको बारीमा यस वर्ष झण्डै ५ सय क्वीन्टल सुन्तला फलेको छ । जस मध्ये १० क्वीन्टल सुन्तला कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी गरेर मार्तडी बजारमा विक्रि भईरहेको छ । 

उत्पादित सुन्तला खेर जान नदिई क्रमःस ढुवानी गरिदै जाने कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जैशीले बताएका छन् । जिल्ला भरी उत्पादित सुन्तला बजारिकरण गरिर्दै आईरहेको उनले बताए ।

बाजुरामा १५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । जस मध्ये एक सय हेक्टर क्षेत्रफमा यस वर्ष ७ सय मेक्ट्रिटन सुन्तला उत्पादन भएको छ । पोहोर वर्षको भन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ ।

जिल्लामा सबै भन्दा बढी गौमुल, बडीमालिकाको माथिल्लो भाग, बुढीगंगा, जगन्नाथ र बुढीनन्दामा सुन्ताल फाल्ने गरेको छ । पछिल्लो समय किसानहरु सुन्तला खेती तर्फ आकर्षित हुन थालेका छन् । राम्रो उत्पादन हुन थालेपछि व्यवसायीक रुपमा धेरै किसानहरु अन्य खेती लागउन छोडेर सुन्तला खेतीमा लाग्ने गरेका छन् ।    

May be an image of fruit

May be an image of fruit

May be an image of text   

प्रतिक्रिया