गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०८
Dho

जिल्ला स्तरीय रनिङ शिल्डमा सहभागि हुन गौमुलबाट खेलाडीको टिम कोल्टीतिर हिड्यो

गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ १४, २०८०
जिल्ला स्तरीय रनिङ शिल्डमा सहभागि हुन गौमुलबाट खेलाडीको टिम कोल्टीतिर हिड्यो

बाजुरा : भोलीबाट हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन गौमुल गाउँपालिकाबाट खेलाडीको टिम कोल्टीतिर हिडेको छ । बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविको खेलमैदानमा हुने यस वर्षको शिल्डमा भाग लिन प्रशिक्षक सहीत खेलाडीको टिम आज विहान कोल्टी तर्फ हिडेको हो । 

जिल्ला खेलकुद समितिको निर्णय अनुसार माघ १५ गतेदेखि १८ गतेसम्म चार दिन बुढीनन्दा नगरपालिका स्थित कोल्टीमा रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । उक्त प्रतियोगितामा सहभागि हुन गौमुलबाट व्यवस्थापक सहीत १८ जना प्रशिक्षक र ८१ जना खेलाडी गाउँपालिकाबाट हिडेको खेल प्रशिक्षक गोविन्द रोकायाले बताएका छन् ।

खेलाडीलाई जितको अग्रम शुभकामना दिदैँ गाउँपालिका निमित्त प्रमुख प्रशाकीय अधिकृत धर्मबहादुर खडायतले अविर लगाएर विदाई गरेको छ । पालिका स्तरीय शिल्डबाट छनोट भएका खेलाडीहरु सहभागि गराईएको छ । 

१८ वर्षमुनिका कक्षा–१२ सम्म नियमित अध्ययन गरिरहेका छात्रछात्रा खेलाडी विभिन्न विधामा भाग लिने गरी तयारीका साथ गएका छन् । झण्डै एकहप्ता गाउँपालिकाको केन्द्र घट्मुनामा पालिका स्तरीय शिल्डमा छनोट भएको खेलाडीहरुलाई थप क्षमता विकासका लागि अभ्यास गराएको थियो । 

No description available.गाउँपालिकाबाट छात्रछात्रा तर्फ भलिबल, दौड, एथ्लेष्टिक, रिले, भाला, ज्याप्लिङगथ्रो लगायत १६ विधामा भाग लिने प्रशिक्षक दलबहादुर रोकायाले बताएका छन् । खेलको भोली भव्य समारोहबीच प्रतिनिधी सभा सदस्य बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

नौ वटै स्थानीय तहका करिब हजारको संख्यामा खेलाडी सहभागि हुने अनुमान गरिएको शिल्ड तीनदिन सम्म चल्नेछ । पालिका स्तरीय शिल्डबाट छनोट भएका खेलाडी, अन्य खेलप्रेमी र दर्शकहरु कोल्टी जानेक्रम बढीसकेको छ । तल्लो क्षेत्रका स्थानीय तहका खेलाडी हिजोदेखि नै कोल्टी जान थालेका थिए ।

आज नाै‌ वटै स्थानीय तहका खेलाडी कोल्टी पुगिसक्ने अनुमान गरिएको छ । खेलमा नौ वटा पालिकाबीच प्रतिस्पर्धा गराइने छ । पालिका स्तरीय छनोटबाट जितेका खेलाडीले जिल्लाको प्रतिनिधीत्व गर्दै प्रदेश स्तरीय शिल्डमा भाग लिन पाउने छन् ।

प्रतिक्रिया