गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०५:५८

खाजा खर्च बचाएर भोटेकोशी बाढी पीडितलाई क्रिएटर जोनका विद्यार्थीको २६ हजार सहयोग

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ २४, २०८३
खाजा खर्च बचाएर भोटेकोशी बाढी पीडितलाई क्रिएटर जोनका विद्यार्थीको २६ हजार सहयोग

बाजुरा ः भोटेकोशी बाढी तथा पहिरो पीडितका लागि बाजुराको क्रिएटर जोन एकेडेमीका विद्यार्थी, शिक्षक तथा कर्मचारीले आर्थिक सहयोग गरेका छन्।

विद्यालयमा कक्षा यूकेजीदेखि कक्षा-१२ सम्म अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट रकम बचत गरी बाढी तथा पहिरो पीडितको सहयोगार्थ रु. ११ हजार ७ सय ६० संकलन गरेका हुन्।

त्यसैगरी विद्यालयको तर्फबाट रु. ११ हजार १ सय १० र विद्यालयका सम्पूर्ण कर्मचारीको तर्फबाट रु. ३ हजार ५ सय सहयोग गरिएको छ।

विद्यार्थी, विद्यालय र कर्मचारीबाट गरी कुल रु. २६ हजार ३ सय ७० संकलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्रिन्सिपल मीनबहादुर कार्कीले जानकारी दिएका छन् ।

सानो-सानो बचतबाट संकलित रकम विपद्मा परेका नागरिकको राहतका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर सहयोग गरेको प्रिन्सिपल कार्कीले बताएका छन् । 

विपद्को समयमा विद्यार्थीहरुले आफ्नो व्यक्तिगत खर्चबाट रकम बचत गरी पीडितको सहयोगमा योगदान गर्नु सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण भएको जानकारीहरुकाे भनाइ रहेकाे छ ।

May be an image of one or more people and crowd

प्रतिक्रिया