गाैमुल खबर डटकम सोमबार २२, भदौ २०८३ ०३:१७

भोटेकोशी बाढी : आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी : आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं : भदौ १० गते चीनबाट रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले गुमेका नागरिकको सम्झना आज नेपाल शोकमा रहेको छ। मन्त्रिपरिषद्को बैठकले बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३ औँ दिनको पुण्यतिथिका दिन आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

गृह मन्त्रालयका गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने बताए। सरकारले सार्वजनिक बिदा नदिने तर मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय भएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मृतकमध्ये हालसम्म बाढीबाट १ हजार ३४२ जनाको शव फेला परेको छ भने करिब ४ हजार ९९६ जना अझै सम्पर्कविहीन छन्। बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १३ हजार ३९९ जनाको उद्धार गरिएको छ।

सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी तथा कर्मचारी र विदेशी नागरिकसमेत छन्।  सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,कर्मचारी स्थानीय, निरन्तर उद्धारमा खटिएका छन्।

फेला परेका शवहरूमध्ये ९८ वटाको सनाखत भई परिवारलाई हस्तान्तरण गरिसकिएको र बाँकी शवको पहिचान सहज बनाउन सबैको डीएनए नमूना संकलन कार्य भइरहेको बताइएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्। सम्पर्कविहीन नागरिकका आफन्तहरूलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए नमूना दिन प्राधिकरणले आग्रह गरेको छ। 

प्रतिक्रिया