गाैमुल खबर डटकम आइतबार २१, भदौ २०८३ ०३:१६

साँफे-मार्तडी सडकमा दर्जनौँ ठाउँमा पहिरो, यातायात अवरुद्ध

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ २१, २०८३
साँफे-मार्तडी सडकमा दर्जनौँ ठाउँमा पहिरो, यातायात अवरुद्ध

बाजुरा ःअविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा बाजुरा जिल्ला सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।

गएराति लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका-९ अन्तर्गत कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँध लगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो।

त्यस्तै, बडीमालिका नगरपालिका-८ को राप्का र वडा नं. ६ को जडाङ्गा लगायतका स्थानमा समेत पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सडक अवरुद्ध भएपछि गन्तव्यतर्फ जाने तथा आउने सवारी साधन बाटोमै रोकिएका छन्। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायबाट पहल भइरहेको प्रहरीले जनाएको छ।

लगातार वर्षा भइरहेकाले सडकका अन्य जोखिमयुक्त स्थानमा समेत पहिरो खस्न सक्ने सम्भावना रहेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

May be an image of motorcycle, mountain and grass

प्रतिक्रिया