काठमाडौं : माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना (२१६ मेगावाट) को अडिट ४ टनेलमा बाढीका कारण थुनिएका एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाबाट आएको प्रकोप (डिजास्टर) विज्ञ टोलीको संयुक्त प्रयासमा चिनियाँ नागरिक लुहाइताओको सुरुङभित्रबाट सफलतापूर्वक उद्धार गरिएको हो।
उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएलगत्तै थप उपचार तथा हेरचाहका लागि नुवाकोटको त्रिशुलीस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ ल्याइँदैछ।
बाढीका कारण विगत ११ दिनदेखि टनेल भित्रै सम्पर्कविहीन बनेका उनको स्थितिबारे थप विवरण आउन बाँकी छ। यसअघि हिजो त्रिशूली ३ ए बाट २ जनाको उद्धार भएको थियो।





प्रतिक्रिया