गाैमुल खबर डटकम शनिबार २०, भदौ २०८३ ०४:१७

बाढीको ११ दिनपछि बेत्रावतीबाट एक महिलाको उद्धार

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ २०, २०८३
बाढीको ११ दिनपछि बेत्रावतीबाट एक महिलाको उद्धार

काठमाडौं : भदौ १० गते आएको विनाशकारी बाढीको ११ दिनपछि प्रहरीले विदुर नगरपालिका-१० बेत्रावती बजारबाट एक महिलाको जीवितै उद्धार गरेको छ।

बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरमा अड्किएकी चन्द्रीका श्रेष्ठलाई सुरक्षाकर्मीले फेला पारी उद्धार गरेका हुन्। उद्धार गर्दा उनी अचेत अवस्थामा थिइन्। 

यसअघि नेपाली सेनाले अपर त्रिशूली-१ बाट पनि एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ। त्यस्तै हिजो त्रिशूली ३ ए को सुरुङबाट पनि २ जनाको उद्धार गरिएको थियो।

प्रतिक्रिया