गाैमुल खबर डटकम शुक्रबार १९, भदौ २०८३ ०९:५१

भोटेकोशी बाढी : अहिलेसम्म १२५९ शव फेला, ५०८३ जना अझै सम्पर्क विहिन

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : अहिलेसम्म १२५९ शव फेला, ५०८३ जना अझै सम्पर्क विहिन

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका १२५९ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लाहरुमा गरी बिहिबार साँझसम्म १२५९ जनाको शव फेला परेको हो।

विभिन्न मानव अंगसहित सबैभन्दा बढी चितवनमा ३५५, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २१२, तनहुँमा ३८, रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६० र गोरखामा ७२ जनाको शव फेला परेको हो। हालसम्म सनाखत भएका ९५ जनाको शव आफन्तलाई बुझाइएको छ। 

प्राधिकरणका अनुसार बाढीमा अझै ५०८३ जना बेपत्ता रहेका छन्। जसमा ५८३ जना विदेशी नागरिक र अन्य नेपाली नागरिक रहेका छन्। बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म १२०८३ जनाको उद्धार गरिएको छ। 

प्रतिक्रिया