गाैमुल खबर डटकम शुक्रबार १९, भदौ २०८३ ०९:५२

आज सुदूरपश्चिम सहित विभिन्न प्रदेशमा भारी वर्षा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ १८, २०८३
आज सुदूरपश्चिम सहित विभिन्न प्रदेशमा भारी वर्षा

बाजुरा ःआज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। मधेश र लुम्बिनी प्रदेशका केही तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

विशेषगरी सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया