गाैमुल खबर डटकम शुक्रबार १२, भदौ २०८३ १०:१८

भोटेकोशी बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्क विहीन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्क विहीन

बाजुरा ः रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका ८५ जना सम्पर्क विहीन भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सम्पर्क विहीन हुनेमा तीन जना प्रहरी र एक जना सशस्त्र प्रहरी गरी चार जना सुरक्षाकर्मी समेत छन्।

बाढीपछि सम्पर्कमा आउन नसकेका मध्ये सबै भन्दा धेरै कञ्चनपुरका २९ जना रहेका छन्। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टका अनुसार कैलालीका २०, डडेल्धुराका १५ र बाजुराका १४ जना सम्पर्क विहीन छन्।

यस्तै, बैतडीका चार, डोटीका दुई र अछामका एक जना सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन हुनेको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ।

‘जिल्ला-जिल्लाबाट विवरण संकलन भइरहेको छ,’ एसएसपी बिष्टले भने, ‘प्राप्त विवरणअनुसार अहिले ८५ जना सम्पर्क विहीन देखिएका छन्।’ प्रदेश प्रहरीले बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका नागरिकको अवस्थाबारे थप विवरण संकलन तथा खोजी कार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया