गाैमुल खबर डटकम सोमबार ०८, भदौ २०८३ ०४:२०

बडीमालिकाका लागि निस्कियो सुदूरपश्चिम प्रदेशको सरकारी पूजा टोली

धनगढी
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०७, २०८३
बडीमालिकाका लागि निस्कियो सुदूरपश्चिम प्रदेशको सरकारी पूजा टोली

धनगढी ः बडीमालिका भगवतीको पूजाका लागि सुदूरपश्चिम प्रदेश सरकारले सरकारी टोली बाजुरा पठाएको छ। मुख्यमन्त्री खगराज भट्ट सहित मन्त्रीहरूले धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धार्मिक विधिअनुसार पूजाआजा गरेपछि टोलीलाई बडीमालिकातर्फ बिदाइ गरिएको हो।

सरकारले बडीमालिकामा चढाउने पूजा सामग्रीसहितको पेटारो टोलीलाई हस्तान्तरण गरेको छ। टोलीले बाजुराको मार्तडीसम्म यातायातमार्फत यात्रा गर्नेछ भने त्यसपछि पैदल बाटो हुँदै बडीमालिका मन्दिर पुग्ने कार्यक्रम छ।

बडीमालिकातर्फ जाने क्रममा टोलीले बाटोमा रहेका विभिन्न धार्मिकस्थलमा पूजाआजा गर्ने परम्परा छ। त्यसपछि निर्धारित विधिअनुसार मन्दिरमा विशेष पूजा गरिनेछ। यस वर्ष बडीमालिकाको मुख्य पूजाको दिन भदौ ११ गते तोकिएको छ। 

प्रतिक्रिया