गाैमुल खबर डटकम शुक्रबार ०५, भदौ २०८३ ११:१३

गण्डकी लोकसेवाको अ.हे.व. नतिजामा बाजुराको उत्कृष्ट प्रदर्शन, ३९ पदमा ५ जना सफल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ ०५, २०८३
गण्डकी लोकसेवाको अ.हे.व. नतिजामा बाजुराको उत्कृष्ट प्रदर्शन, ३९ पदमा ५ जना सफल

बाजुरा ःगण्डकी प्रदेश लोक सेवा आयोगको अ.हे.व. चौथो तहको परीक्षाको नतिजामा बाजुराले उल्लेखनीय सफलता हासिल गरेको छ। आयोगले सार्वजनिक गरेको नतिजा अनुसार खुला र खस आर्य समूह गरी कुल ३९ पदका लागि बाजुराबाट ५ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्।

खुलातर्फ कुल ३६ पद मध्ये बाजुराबाट मात्रै ४ जना उम्मेदवार सिफारिस भएका छन्। यो संख्या कुल खुला पदको ११.११ प्रतिशत हो। त्यस्तै, खस आर्यतर्फ ३ पदमध्ये बाजुराबाट १ जना सिफारिस भएका छन्, जुन ३३.३३ प्रतिशत हो।

दुवै समूहको नतिजा जोड्दा कुल ३९ पदमध्ये बाजुराका ५ जना उम्मेदवार सिफारिस भएका छन्। यो कुल पदको १२.८२ प्रतिशत हुन आउँछ। दुर्गम जिल्लाका उम्मेदवारहरुले प्रदेशस्तरीय प्रतिस्पर्धामा हासिल गरेको यो परिणामलाई उल्लेखनीय उपलब्धिका रुपमा लिइएको छ।

सफल हुने उम्मेदवारहरुमा बडीमालिका नगरपालिका-६ की भावना कुमारी बडुवाल खुलातर्फ, स्वामीकार्तिक खापर गाउँपालिका-२ की अस्मिता काकी खुलातर्फ, सोही वडाका कमल बुढा खुलातर्फ, स्वामीकार्तिक खापर गाउँपालिका-५ का मीन वि.क.खुलातर्फ तथा त्रिवेणी नगरपालिका-९ का विष्णुराज उपाध्याय खस आर्यतर्फ सिफारिस भएका छन्।

प्रदेशस्तरीय लोकसेवा परीक्षामा बाजुराका ५ जना उम्मेदवार सिफारिस हुनुलाई जिल्लाका लागि गौरवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। विशेषगरी खुला र समावेशी दुवै समूहमा बाजुराका उम्मेदवारले प्राप्त गरेको सफलताले जिल्लाका युवामा सरकारी सेवाप्रतिको आकर्षण र प्रतिस्पर्धात्मक क्षमताको राम्रो संकेत दिएको छ।

प्रतिक्रिया