गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५१
Dho

कोल्टीमा रनिङ शिल्ड अवधीभर ८ बजेपछि होटल पसल सञ्चालन गर्न नपाईने

गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ ०८, २०८०
कोल्टीमा रनिङ शिल्ड अवधीभर ८ बजेपछि होटल पसल सञ्चालन गर्न नपाईने

बाजुरा : बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड अवधीभर राती ८ बजेपछि होटल पसल खोल्न नपाइने भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टी स्थित जनप्रकाश माविमा यही माघ १५ गतेदेखि शिल्डको अवधीभर राती होटल पसल खुला गर्न नपाइने नगरपालिकाले निर्णय गरेको हो ।

रातीको समयमा हुने संभावित असुरक्षा र घटनालाई लक्षित गरेर सुरक्षा निकायसँगको परामर्शमै निर्णय गरिएको नगर प्रमुख जनक कुमार बोहराले जानकारी दिएका छन् । बाजुराको चौधौं राष्ट्रपति रनिङ शिल्ड माघ १५ देखि १८ गतेसम्म कोल्टीमा हुने छ । जिल्लाका नौ वटा पालिकाबाट खेलाडी भाग लिनेछन् ।

नगरपालिका भित्र तीन दिनको अवधीमा मदिरा विक्री वितरण र सेवनमा पनि रोक लगाइएको छ । विक्री वितरण र सेवन गर्ने माथि कारवाही गर्ने लिखित निर्णय समेत गरिएको छ । सेवन गरेको भेटीएमा प्रहरीलाई बुझाउने र सम्बन्धीत व्यक्तिबाट २ हजार ५ सय रुपैया नगद सहीत कारवाही गर्ने निर्णय गरिएको छ । शिल् सफल पार्न विभिन्न उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया