गाैमुल खबर डटकम आइतबार ३१, साउन २०८३ ०२:२८

रोल्पाको लुङ्ग्रीमा पहिरोले घर पुरिँदा ७२ वर्षीया महिलाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, साउन ३१, २०८३
रोल्पाको लुङ्ग्रीमा पहिरोले घर पुरिँदा ७२ वर्षीया महिलाको मृत्यु

रोल्पा : रोल्पाको लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार साउन ३० गते राति परेको अविरल वर्षाका कारण लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा पहिरो खसेर ७२ वर्षीया अम्मी गुरुङको घर पुरिएको हो।

घरमा सुतिरहेको अवस्थामा माथिबाट एक्कासि पहिरो खसेपछि गुरुङ पुरिएकी थिइन्। घटनाको जानकारी साउन ३१ गते बिहान करिब ३ बजे प्रहरी चौकी किलाचौर रोल्पामा प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा खोज तथा उद्धार कार्य सुरु गरेको प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएकी गुरुङको टाउकोको भाग मात्र देखिएको अवस्थामा उद्धारको प्रयास गरिएको थियो। केही दिनअघि उवा कोटलबारामा ११ जना र भित्रीगाममा ४ जनाको पहिरोमा पुरिएर मृत्यु भएको थियो।

लगातारको वर्षाका कारण रोल्पाका विभिन्न क्षेत्रमा पहिरो तथा बाढीको जोखिम बढिरहेका बेला लुङ्ग्री-५ मा भएको यो घटनाले स्थानीयवासीमा थप त्रास सिर्जना गरेको छ। दर्जनौँ गाउँ पहिरोको जोखिममा परेका छन्। जोखिमयुक्त स्थानमा रहेका घरपरिवारलाई सतर्क रहन तथा सम्भावित विपद्को जोखिम देखिए सुरक्षित स्थानमा स्थानान्तरण हुन स्थानीय प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया