गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५४
Dho

कञ्चनपुरमा हतियारसहित भारतीय एसएसबी प्रवेश गरेपछि...

गाैमुल खबर गाैमुल खबर
शनिबार, माघ ०६, २०८०
कञ्चनपुरमा हतियारसहित भारतीय एसएसबी प्रवेश गरेपछि...

कञ्चनपुरः कञ्चनपुरको बेलौरी स्थित नेपाली भूभागमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) हातहतियारसहित आएर सीमाङ्कन गर्ने प्रयास गरेको छ।

एसएसबीले शनिबार (आज) बिहान बेलौरी नगरपालिका–१० भुडा स्थित हतियारसहित नेपाली भू–भागमा सिमाङ्कनको प्रयास गरेको हो। जानकारीबिना सीमा पिल्लर नम्बर ३३ आसपासको नेपाली भूभागमा एसएसबीले नेपालको भूमि नापिरहेको अवस्थामा देखेपछि सशस्त्र प्रहरी र स्थानीयले फिर्ता पठाएका थिए।

सशस्त्र प्रहरीका अनुसार एसएसबीले हराएको सीमा पिल्लर खोजिरहेको बताएका थिए। तर यसबारे सशस्त्र प्रहरीलाई खबर थिएन। २०७६ तिर भारतीय तर्फबाट जारी भएको स्ट्रप नक्साले नेपाल तर्फको करिब एक हजार बिघा बढी जमिन, हुलाकी सडक, प्रयटकीय स्थल प्याराताल भारतमा देखाएको थियो।

प्रतिक्रिया